काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा गरेको छ ।
सरुवा सूचीअनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख रबिन्द्र खनालको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी प्रबक्तामा जिम्मेवारी दिईएको छ ।
यस्तै प्रहरी प्रधान कार्यालय काठमाडौंबाट ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी प्रमुखमा डिएसपी ऐन बहादुर मल्लको सरुवा भएको छ । केही महिना अघि मात्र मल्ल जिल्ला ट्राफिक बाँकेको ट्राफिक प्रमुख हुँदा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा भएर प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।