
gms
Gsl
Ddhbs
Csbus
Ratbs
Amb
Nssbus7
Jsbus
dsbus
Ssbus
Pbu
Bksbus5
Gsbus
Rbs

Vor
Rgs
Ksm
Asm
Ggd
Sbs
Rgu
Sls
Tsm
nsb
Wsp
Bbu
Pvg
Gst
Rsb
Ssm
Bbbpu
Rgu
Hal

Rpp
sab
Pls
Jmb
Ptm
Jmb
bbt
Gsb
Mks
Abd
Syp
Bml
Rmb
दाङ । पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले खेल क्षेत्रको विकासका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभएको छ । अल्फा तेक्वान्दो डोजाङ दाङको आयोजनामा घोराहीमा शुरू भएको प्रथम अल्फा दाङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०७८ को उद्घाटन गर्दै पूर्वमन्त्री शर्माले खेल क्षेत्रको विकासका लागि सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।
मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो । पछिल्लो दुई वर्ष कोरोना महामारीका कारण लामो समय विद्यालयहरू बन्द भएको र घर भित्र लामो समय बस्नुपर्दा मानसिक स्वास्थ्यमा असर गरेको शर्माको भनाइ छ ।
राज्यले खेलाडीहरू सम्मान गर्ने कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो । शर्माले खेल क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्ला खेलकुद विकास समिति दाङका कार्यालय प्रमुख पद्मा चौधरीले अहिले खेल क्षेत्रमा पर्याप्त बजेट विनियोजन नभएकाले सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रेस सेन्टर नेपाल, दाङका अध्यक्ष पाण्डव शर्माले अन्तर्राष्ट्रिय जगतमा मुलुकको पहिचान दिलाउन खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
अल्फा तेक्वान्दो डोजाङ दाङका अध्यक्ष पदम खत्रीले बालबालिकाहरू विभिन्न खाले क्षमता विकासका लागि खेलकूदमा राज्यले बृहत् योजना ल्याएर काम गर्नुपर्ने आवश्यकता ओैंल्याउनुभयो । सुनिता विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार चन्द्रप्रकाश नेपालीले गर्नुभएको थियो ।
