
gms
Amb
Gsl
dsbus
Bksbus5
Jsbus
Gsbus
Rbs
Pbu
Nssbus7
Ddhbs
Ratbs
Csbus
Ssbus

Sls
nsb
Pvg
Ssm
Rgu
Asm
Ggd
Hal
Vor
Wsp
Ksm
Rsb
Sbs
Gst
Tsm
Bbu
Bbbpu
Rgu
Rgs

Pls
Ptm
Rpp
Jmb
Syp
bbt
Bml
Mks
Abd
Rmb
sab
Gsb
Jmb
दाङ । दाङमा जारी लिगमा दाङ क्रिकेट लिगमा अपराजित टिम घाेराही टाईगर्स फाईनल प्रवेश गरेकाे छ । लिगकाे पाँचाैँ खेलमा पुरन्धारा च्यालेन्जर्सलाई आज भएकाे खेलमा१२ रनले हराउँदै उत्कृष्ट लयमा रहेकाे घाेराही च्यालेन्जर्स फाईनलमा पुगेकाे हाे ।
घाेराही १७ गुलरियास्थित क्रिकेट रंगशालामा जारी लिगमा टस हारेर व्याटिङकाे निम्ताे पाएकाे घाेराही टाईगर्सले पहिलाे पावर प्लेमा बिना विकेटकाे क्षतिमा सम्मानजनक स्काेर बनाएकाे थियाे । शुरुवात राम्राे गरेकाे घाेराही टाईगर्सले निर्धारित २० ओभरमा आफ्नाे ८ विकेट गुमाउँदै १ सय ५२ रन बनायाे ।
याे याेगफल जारी लिगमा सबैभन्दा धेरै पनि हाे ।
१ सय ५३ रनकाे लक्ष्यसहित मैदानमा उत्रिएको पुरन्धारा च्यालेन्जर्स शुरुवातबाटै दवावमा परेपछि लक्ष्यमा पुग्न संघर्ष गर्याे ।
शुरुवाती व्याट्सम्यान पहिलाे पावर प्लेमा गुमाएको पुरन्धारा च्यालेन्जर्सलाई राजु रिजालले जित तर्फ लैजाने प्रयास गरे पनि पर्याप्त हुन सकेन । लगातार विकेट खसेपछि पुरन्धारा च्यालेन्जर्सले रन बनाउन नसकेपछि १२ रनले हार व्यहाेर्याे । घाेराहीलाई जित दिलाउन घाेराहीका मार्की खेलाडी रासिद खानले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिएपछि पुरन्धारा च्यालेन्जर्स १९ दशमलव २ बलमा सबै विकेट गुमाउँदै १ सय ४० रनमा समेटियाे । आजकाे जितसँगै घाेराही एक खेल अगावै फाईनलमा पुग्ने पहिलाे टिम पनि बनेकाे छ ।
घाेराही टाईगर्सले ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ । जारी लिगमा हरेक टीमले एक अर्कासँग चार वटा खेल खेल्नेछन् । चैत्र १७ गतेसम्म चल्ने जारी लिगमा अब सोमबार दिउँसोकाे छैठौं खेलमा दंगाली लायन्स र तुलसीपुर रोयल्सबीच खेल हुने लिग आयोजक संयोजक प्रदीप मजगैयाले जानकारी दिए । प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल रहेका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि ५० देखी ६० लाख रुपैयाँ सम्म खर्च हुने अनुमान आयोजकले लिएको छ ।
प्रथम हुने समूहलाई २ लाख र दोस्रो हुनेलाई एक लाख नगद पुरस्कार रहेको छ । यस्तै, हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा बल क्याच गर्ने दर्शकलाई नगद पुुरस्कृत गरिने भएको छ ।
