
Anm
Rbs
mbd
Mbdvs
Sds
Gmk
Gisld
Pbu
Ksm

Vor
Tsm
Wsp
Rgu
nsb
Ksm
Sls
Rsb
Bbbpu
Pvg
Sbs
Rgu
Rgs
Hal
Bbu
Gst
Ggd
Asm
Ssm

sab
Abd
bbt
Rmb
Bml
Jmb
Syp
Jmb
Ptm
Gsb
Pls
Rpp
Mks
दाङ । घोराहीमा जारी दाङ जिल्ला क्रिकेट लिगको दोश्रो दिनको दोश्रो खेलमा अहिले घोराही टाईगर्स र दंगाली लायन्सबीच प्रतिष्पर्धा भईरहेको छ ।
दाङ जिल्ला क्रिकेट संघको आयोजनामा हिजोबाट शुरु भएको खेलमा घोराही टाईगर्सले टस जितेर ब्याटिङ रोजेपछि एक सय १७ रन बनाएको छ । घोराही टाईगर्सले निर्धारित २० ओभरमा आफ्नो ९ विकेट गुमाउँदै १ सय १७ रनको मध्यम स्कोर बनाएको हो । उसका लागि बिराट भण्डारी र रासिद खानले क्रमश ४३ र ३२ रन बनाउनुु बाहेक अरुले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । घोराही टाइगर्सलाई सस्तैमा रोक्न दंगाली लायन्सका बीरबहादुर घर्तीले ३, विक्रम भुसालले २ तथा अनिल खरेल र राजबीर सिंहले समान १–१ विकेट लिए ।
१ सय १८ रनको मध्यम लक्ष्य पछ्याउँदै अहिले दंगाली लायन्सले जवाफी व्याटिङ गरिरहेको छ ।
यसअघि आज भएको पहिलो खेलमा देउखुरी वारियर्स ७ विकेटले विजयी भएको छ । तुलसीपुर रोयल्ससँग भएको खेलमा देउखुरी वारियर्सले आफ्नो ३ विकेट गुमाउँदै १६ दशमलव १ बलमा लक्ष्य पूरा गर्यो । टस जितेर पहिले व्याटिङ रोजेको तुलसीपुर रोयल्सका व्याट्सम्यान सम्हालिन नसक्दा १९ दशमलव ३ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै सय रन मात्रै बनाउन सक्यो । जारी लिग चैत्र १७ गतेसम्म चल्नेछ । लिगमा जिल्लाका ५ वटा फ्रेन्चाईज क्लब आवद्ध छन् ।
