
Unsku
pku
Pbu
Lnp
Rgp1
Sgr
Rgp
Srbpu
Ggp

Hal
Rsb
Asm
Vor
Ksm
Sls
Ggd
Ssm
Rgu
Gst
Tsm
Rgu
Bbbpu
Wsp
nsb
Pvg
Rgs
Sbs
Bbu

Rmb
Jmb
Mks
Syp
Gsb
Pls
Ptm
Abd
bbt
Jmb
Bml
Rpp
दाङ । देउखुरीको गढवा गाउँपालिका स्थित जनता माध्यमिक बिद्यालय गढवामा शुक्रवार बिभिन्न तामझामका साथ पालीका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
गढवा गाउँपालिकाभरका सरकारी तथा निजी क्षेत्रका ३६ बढी बिद्यालयहरुको बिविध भेषभुषा सहितको मार्चपास पछि गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सो कार्यक्रमको उद्घाटन गर्नुभएको हो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोखे्रलको अध्यक्षता र गाउँपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी यादवले खेल मानव स्वास्थ्य र चेतनाकालागि एक बलियो समृद्धिको माध्यम भएको बताउनु भयो । खेलको माध्यमबाट स्वस्थ्य नागरिकको बिकास हुने र नागरिक स्वस्थ्य भएमा बिकास र समृद्धि पनि संगसंगै अगाडी बढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा गढवा गाउँपालिका शिक्षा प्रमुख श्याम बि.क., बुद्धज्योति माध्यमिक बिद्यालयका प्रअ बसन्तराज भट्टराई, जनता माबि कालाकाटेका प्रधानाध्यापक बासुदेव बेल्बासे र जिल्ला एथलेटिक्स का खेल प्रशिक्षक पद्मा चौधरी लगायतले खेलको महत्व र औचित्यका बारेमा बोल्नाु भएको थियो । तिन दिन सम्म संचालन हुने उक्त खेलमा गढवा गाउँपालिकाभरका ३५ बढी बिद्यालयका बिद्यार्थीहरु सहभागि भएर खेल खेल्ने बताईएको छ । सो अवसरमा एक हजार पाँचसय मिटर दौड,हाई–जम्प,लङ्–जम्प,सटपुट,रिले,कबड्डी,भलीवल,फुटवल लगायत थुप्रै खेलकुदहरु संचालन हुने बताइएको छ ।
उक्त कार्यक्रमलाई सफल पार्न बिभिन्न उपसमितिहरु गठन गरिएको र खेलकुद संगै साँस्कृतिक भेषभुषा सहितको नृत्य प्रतियोगिता पनि रहेको आयोजकले जनाएको छ । गढवा गाउँपालिकाको बार्षिक स्विकृत कार्यक्रम अन्तर्गतको आर्थिक सहयोग र जनता माध्यमिक बिद्यालय गढवाको आयोजनामा हरेक बर्ष जस्तै यो बर्ष जनता माबी गढवामा खेलकुदको आयोजना गरिएको गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिक ले जानकारी दिनुभयो ।

