शिबराज पन्थी/गढवा शनिबार, चैत्र १२, २०७८

दाङ । देउखुरीको गढवा गाउँपालिका स्थित जनता माध्यमिक बिद्यालय गढवामा शुक्रवार बिभिन्न तामझामका साथ पालीका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

गढवा गाउँपालिकाभरका सरकारी तथा निजी क्षेत्रका ३६ बढी बिद्यालयहरुको बिविध भेषभुषा सहितको मार्चपास पछि गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सो कार्यक्रमको उद्घाटन गर्नुभएको हो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोखे्रलको अध्यक्षता र गाउँपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी यादवले खेल मानव स्वास्थ्य र चेतनाकालागि एक बलियो समृद्धिको माध्यम भएको बताउनु भयो । खेलको माध्यमबाट स्वस्थ्य नागरिकको बिकास हुने र नागरिक स्वस्थ्य भएमा बिकास र समृद्धि पनि संगसंगै अगाडी बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा गढवा गाउँपालिका शिक्षा प्रमुख श्याम बि.क., बुद्धज्योति माध्यमिक बिद्यालयका प्रअ बसन्तराज भट्टराई, जनता माबि कालाकाटेका प्रधानाध्यापक बासुदेव बेल्बासे र जिल्ला एथलेटिक्स का खेल प्रशिक्षक पद्मा चौधरी लगायतले खेलको महत्व र औचित्यका बारेमा बोल्नाु भएको थियो । तिन दिन सम्म संचालन हुने उक्त खेलमा गढवा गाउँपालिकाभरका ३५ बढी बिद्यालयका बिद्यार्थीहरु सहभागि भएर खेल खेल्ने बताईएको छ । सो अवसरमा एक हजार पाँचसय मिटर दौड,हाई–जम्प,लङ्–जम्प,सटपुट,रिले,कबड्डी,भलीवल,फुटवल लगायत थुप्रै खेलकुदहरु संचालन हुने बताइएको छ ।

उक्त कार्यक्रमलाई सफल पार्न बिभिन्न उपसमितिहरु गठन गरिएको र खेलकुद संगै साँस्कृतिक भेषभुषा सहितको नृत्य प्रतियोगिता पनि रहेको आयोजकले जनाएको छ । गढवा गाउँपालिकाको बार्षिक स्विकृत कार्यक्रम अन्तर्गतको आर्थिक सहयोग र जनता माध्यमिक बिद्यालय गढवाको आयोजनामा हरेक बर्ष जस्तै यो बर्ष जनता माबी गढवामा खेलकुदको आयोजना गरिएको गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिक ले जानकारी दिनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]