तिर्थराज ज्ञवाली/राप्ती गाउँपालिका आइतबार, चैत्र ०६, २०७८

दाङ । गत फागुन २४ गतेदेखी सुरु भएको नारि दिवशको विभिन्न कार्यक्रम अन्तरगत आईतवार देखी कानुनि सचेतना कार्यक्रम सुरु भएको छ ।

राप्ती गाउँपालिकाका महिला जनप्रतिनिधि, निगरानी समुह प्रतिनिधि, महिला समुह प्रतिनिधि, सहकारीका प्रतिनिधिहरुको सहभागितामा महिला महिला प्रतिनिधिहरुलाई कानुनी ज्ञान दिन सचेतना सुरु भएको हो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले उद्घाटन गर्नु भएको कानुनी सचेतना कार्यक्रमको पहिलो दिनको प्रशिक्षकको रुपमा अधिवक्ता एव राप्ती गाउँपालिकाका कानुनी सल्लाहकार सन्तोष पोख्रेल रहनु भएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सुरु भएको कानुनी सचेतना कार्यक्रम मार्फत महिलाका हक अधिकार, महिला मैत्रि ब्यवहार, महिला हिंसा विरुद्धको कानुन र महिला अधिकार कार्यान्वयन लगायतका विषयमा जानकारी गरिने कार्यक्रम संयोजक जिवन कुमारी जीसीले जानकारी दिनु भएको छ ।

कानुनि सचेतना कार्यक्रममा कानुनको आँखामा प्रत्येक नागरिक समान छन् व्यक्तिको आर्थिक अवस्था, चेतना स्तर, सामाजिक पृष्ठभूमि, समाजमा विद्यमान शक्ति सम्वन्ध, प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन जस्ता कारणले समाजका सवै तह र तप्काका व्यक्तिहरूको न्यायमा समान पहुच हुन सकेको छैन र न्यायमा पहुँच पुनबाट असमर्थ त्यस्ता व्यक्तिहरूलाई राज्यले निशुल्क कानुनी सहायता सेवा उपलब्ध गराउने ब्यवस्था मिलाएको बारेमा समेत जानकारी गरिने छ ।

कानूनी सहायता सम्बन्धी ऐन,२०५४ ले आर्थिक रूपले बिपन्न बर्गलाई यो सेवा उपलब्ध गराउने ब्यवस्था गरेको, न्यायमा पहुच हुन नसक्नुमा कारक तत्व, घरेलु हिंसा तथा लैङ्गिक हिंसा बाट पीडित ब्यक्तिलाई पनि निशुल्क कानुनी सहायता सेवा उपलब्ध गराउने ब्यवस्था लगायतका विषयमा जानकारी गरिने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]