
Nsb
Rsb
Ssb
Ksb
Bsn
Ssb
Fmb
Gsb
Ksb
Usb
Ppu
Rks
Csb
jsb
Ksb
Tgp

Tsb
Ssb
Usb
Gsb
Hl1

Rgu
ptl
Nps
बर्दिया । नेपाल प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर -८ कण्ठपुर स्थित नेपाल- भारत सिमा नाकाबाट लागु औषध ब्राउनसुगर सहित तीन जनालाई पक्राउ गरेको छ।
त्यस्तै पक्राउ पर्नेहरुमा भारतको बहराइच जिल्ला बस्ने वर्ष २५ कि सबिना साई, सोही ठेगानाका वर्ष २६ को सद्दाम साई र काठमाडौं महानगरपालिका वडा नम्बर- ७ बस्ने वर्ष ४७ को सुमन के.सी रहेका छन् । उनीहरुको साथबाट ६८ ग्राम १३० मिलि ग्राम ब्राउनसुगर बरामद भएको बर्दिया प्रहरीले जनाएको छ । गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी निरिक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो।
यस्तै लागू औषध ब्राउनसुगर मुद्दामा पक्राउ परेका तीनै जना माथि जिल्ला अदालत गुलरियान बर्दियाबाट १० दिनको म्यादथप गरि अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
