
mbd
Gisld
Sds
Rbs
Pbu
Mbdvs

Rgu
Hal
Ksm
Vor
Rgu
Sls
Asm
Bbu
Wsp
Bbbpu
Rgs
Pvg
Gst
Rsb
Sbs
Ssm
nsb
Ggd
Tsm

Rmb
Rpp
Pls
sab
Bml
Syp
Abd
Jmb
bbt
Ptm
Jmb
Mks
Gsb
काठमाडौं । नायक (पुर्ण विक्रम शाह) पल शाह विरुद्ध नवलपरासी पूर्वकाे जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ ।
१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाह विरुद्ध मुद्दा दर्ता गरेकाे हो । उक्त मुद्दामा १५ वर्ष ८ महिना ४ दिन उमेरकी नाबालिकलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतमा १४ वर्ष कैद सजाय र रू ४ लाख जरिवानाको मागदावी गरि मुद्दा दर्ता गरिएको छ । यसअघि नै शाह विरुद्ध पहिलोपटक गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेपछि शाहले विभिन्न घरायसी समस्या देखाउदै फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए। साेहि दिन दाेस्राे पटक नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को ईलाका प्रहरी कार्यालय गैँडाकोटमा शाह विरुद्ध उनै पिडित भनिएकि नाबालिकले अर्को जबर्जस्ती करणी किटानी जाहेरी दिएकि थिइन ।
त्यस्तै उक्त जाहेरीमा गत साल २०७७ चैत ७ गते गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा गीत सुटिङका क्रममा कलाकार शाहबाट बलात्कृत भएको उल्लेख थियाे । त्यसयता शाह माथि जिल्ला प्रहरी कार्यालय तनहुँले हिरासतमा राखेर अनुसन्धान गरिरहेकाे छ। शाहले केही दिन अघि मात्रै पिडितकाे काेठामा गएर गुड नाइट भनेर फर्किएको तर उनलाई जबर्जस्ती करणी नगरेकाे बयान दिएका छन् ।
