माधव खनाल/अर्घाखाँची बिहिबार, चैत्र ०३, २०७८

अर्घाखाँची । जिल्लाको भुमिका स्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।

पिपलनेटा बजार बिकास सस्था भुमिकास्थान १ र २ को आयोजनामा बिहिबारदेखि सुरु भएको पिपलनेटा दोस्रो खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख थापाले खेलकुदको बिकास अपरिहार्य रहेको बताए ।

यस्तै उद्घाटन समारोहमा स्थानीय समाजसेवी तथा राष्ट्रिय जनमोर्चाका युवा नेता कविराम खनाल भुमिकास्थान नगरपालिकाका नगर प्रवक्ता तथा वार्ड न ४ का अध्यक्ष बाबुराम पन्थी भुमिकास्थान १ का अध्यक्ष भोजराज खनाल २ का अध्यक्ष बुद्धि बहादुर थापा ५ का अध्यक्ष तुल्सिराम बेल्बासे लगाएतको उपस्थिति रहेको थियो ।

त्यस्तै उद्घाटन समारोह पछि शितगङ्गा युथ क्लब र सैनामैना युथ क्लब बीच भएको खेलमा शितगङ्गाले पहिलो सेटको खेलमा सैनामैना युथ क्लवलाई ३ नम्बरको अन्तरमा जित हासिल गरेको थियो भने दोस्रो सेटको खेलमा सैनामैना युथ क्लबले सितगङ्गा युथ क्लब लाई ८ नम्बरको अन्तरमा जित हासिल गर्यो भने फाइनल तथा अन्तिम सेटमा सैनामैना युथ क्लवले शितगङ्गा युथ क्लब लाई ३ नम्बरको अन्तरमा जित हासिल गर्दै सैनामैना युथक्लब फाइनल प्रवेश गर्न सफल भएको छ भने शितगङ्गा युथक्लव खेलबाट बाहिरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]