तिर्थराज ज्ञवाली/राप्ती गाउँपालिका बिहिबार, चैत्र ०३, २०७८

दाङ । जेष्ठ नागरिकको राम्रो स्याहार सुसार गरेका घर परिवारका छोरा बुहारी तथा छोरी ज्वाईलाई प्रोत्साहनका लागि सम्मान गरिएको छ ।

राप्ती गाउँपालिकाको नियमित कार्यक्रम अन्तरगत जेष्ठ नागरिकको पालन पोषण समुदायमा राम्रो होस भनी स्याहार सुसार राम्रो गरेका परिवारका सदस्यहरुलाई दोसल्ला तथा प्रमाणपत्रको साथ सम्मान गरिएको हो ।

राप्ती गाउँपालिकाका नौ वटा वडाबाट ३६ जोडिलाई गाउँपालिकाले सम्मान गरेको हो । प्रत्यक वडा बाट ४ जोडीका दरले श्रीमान श्रीमतिलाई सम्मान गरिएको छ । राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको कार्यक्रम गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले समायोजन गरेको हो ।

आगामी दिनमा जेष्ठ नागरिकको राम्रो स्याहार सुसार तथा पालन पोषणमा सहयोग पुराउने उदेश्य साथै जेष्ठ नागरिकले घर परिवारमा तिरस्कार,दुख नपाउनका लागि सजकता दिलाउन जेष्ठ नागरिकलाई राम्रो स्याहार गर्ने छोरा बुहारी तथा छोरी ज्वाईलाई प्रोत्साहनका लागि सम्मान गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]