Sidha Patra बिहिबार, चैत्र ०३, २०७८

दाङ । डिभिजन वन कार्यालय दाङले वन डढेलो नियन्त्रणका तथा ब्यवस्थापन सम्वन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजन जिल्ला समन्वय अधिकारी जितेन्द्रमान नेपालीको सभापतित्व एंव घोराही उपमहागरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल अधिकृत मोहन श्रेष्ठले जिल्लामा वन डढेलोको अवस्था, वन डढेलो नियन्त्रणका लागि कार्यालयले थालेको तत्कालिन र दिर्घकालिन योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यपत्रमा वन डढेलो नियन्त्रणका लागि प्रचारप्रसार मूलक कार्याक्रम, जोखिम क्षेत्रका विद्यालयमा पुगेर स्कूल शिक्षा दिने, अग्निरखा निर्माण र मर्मत लगायतका कार्यक्रम गरिने उल्लेख छ । वन डढेलो लगानुहुन्न भन्ने जनचेतनाको अभाव, वनमा च्याउ, जडिवुटी र अन्य पालुवा उमार्नका लागि आगो लगाउनु, चोरी सिकारीका लागि जनावरणलाई छेक्न र वनमा डढेलो लगाउनेको पहिचान गरी कारवाही गर्न नसक्दा र वन पैदावारको ब्यवस्थापन हुन नसक्दा वन डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

सामुदायिक वनमा उपभोक्ता समूहले बैज्ञानिक वन ब्यस्थापन खारेजीका कारण र आफ्नो वनको कार्ययोजना समयमा बन्न नसक्दा वनमा काम गर्न वन सुकेका काठ, पातपतिङ अस्तब्यस्त रुपमा रहने र त्यसको ब्यवस्थापनका लागि काम नगर्दा वन डढेलोको जोखिम बढेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् ।

त्यस्तै चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । वन डढेलो नियन्त्रणका लागि जिल्लाका सरोकारवालाहरुसँग आज बिहिवार राखिएको अन्र्तक्रिया कार्यक्रममा दाङका ४६ वटा सामुदायिक वन समूह वन डढेलोको मध्यम जोखिममा रहेको जानकारी गराइको थियो । पछिल्लो ९ वर्षमा दाङको ६ सय १४ स्थानमा आगलागी हुँदा करिव ४३ हजार वन क्षेत्रमा क्षती पुगेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चोधरीको सवैको साझा प्रयासबाट मात्रै वन डढेलो नियन्त्रण सम्भव रहेको भन्दै बहुउपयोगि बन्नै गरेको पोखरी र ताल बनाउने कार्यक्रमलाई कार्यालयले समेत अघी बढाउनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सवै जना मिलेर वन डढेलो लाग्नै नदिन र लागिहाले त्यसको नियन्त्रणका लागि जुट्नुपर्ने बताउनुभयो ।

दाङका प्रहरी प्रमुख एसपी सुरेन्द्र काफ्लेले आगो नियन्त्रणका लागि प्रर्याप्त श्रोत साधनको उपलब्धता नहुनु र आगो लागि हाले त्यसको नियन्त्रण सुरक्षाकर्मीले मात्रै गर्ने हो भन्ने मानसीकताका कारण समस्या देखिएको बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ दाङका कोषाध्यक्ष कमलराज पोख्रेलले धेरै सामुदायिक वन समूहका कार्ययोजना समयमा नबनाइदा उपभोक्ताहरु निस्कृय भएको हुदा वन डढेलो लगायतका कार्य बढेर जाने सम्भावन भएको बताउनुभयो ।

कार्यक्रममा तीन वटै सुरक्षा निकायलाई अग्निी नियन्त्रण सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सहजिकरण दाङमा वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]