
Ssbus
gms
jmb
jms
smb
Asm
Ddh
Ppu
Rus
Bpb
sks
Sys
Gsbus
Rg-9

Rys
Hl1
Ln9
Ln3
Asm
Ln7
bmj
Gg1
Ln8
Tsb
Gg5
cks
bml
Ssb
Ln1
Ln2
Gsb
kbs
Dps
Usb

Jpb
Bpb
Sab
Snk
Gg4
Jab
Ksb
Gg3
Gg6
Sml
Gg2
ptl
Sbs
Gjl
Rgu
Rss
Nps
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएकोे दाङ औद्योगिक,पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा फापरको रोटीको माग वढदै गएको छ ।
उद्यमी महिला समुहले बनाएको फापरको रोटी खानेहरुको सख्याहरु बढदै गएका छन् । अर्गानीक भएकाले खोजी खोजी खाने गरेको सिता चौधरीले जानकारी दिइन् । दैनिक फापरको रोटी खाज्नेहरु बढदै गएको उनको भनाइ रहेको छ । त्यसैगरेर सुक्का रोटी,तरकारी,सेल,आलुको अचार, ढिक्री उपल्वध रहेको हुकुमा कुवरले जानकारी दिइन् । प्रदर्शनीमा आउनेहरुको माग अनुसार खाजा उपल्वध गराउने उनको भनाइ रहेको छ ।
त्यस्तै ताजा र अर्गानीक भएकाले खोजी खोजी आउने गरेको माया चौधरीले बताइन् । अहिले आउने नागरिकलाइ पुर्याउन नसकिएको समेत उनीहरुको भनाइ रहेको छ । उनीहरुले माग गरेको स्टल सम्म पुर्याउने गरेका छन् । यसले खाजा खानेहरुलाइ समेत सहज भएको छ ।
प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण वढदै गएको छ । दिउसो चर्को घाममा आएका उनीहरु साँझ सम्म नै कलाकारहरु संगै रमाउने गरेका छन् । प्रदर्शनीमा दैनिक नागरिकहरुको सहभागिता वढदै गएको मुल आयोजक समितीले जनाएको छ । प्रदर्शनीको सातौ दिन पनि साँझ सम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो ।
प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । ग्राहकले आफुलाई आवस्यक पर्ने सामाग्रीहरु खरिद गरेर लग्ने गरेका छन् । वुधवार पनि प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरु संगै संगै रमाएका थिए ।
दर्शकहरुलाई घाम बाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाइ बस्न समेत सहजता भएको छ । प्रदर्शनीमा युवा युवतीहरुको सहभागिता बढी रहेको थियो । वुधवार रमेश भटराइ,सम्झना भण्डारी, मिना भण्डारी,रेखा लामा,एलिना रायमाझी, राशी रिजाल तथा स्थानिय कलाकारहरुले आ आफनो प्रस्तुती राखेको प्रदर्शनी मुल आयोजक समितीले जनाएको छ । विहिवार मिलन नेवार,चन्द्र शर्मा,कमल गाउले, आशा बिसी,टिका सानु,सरिता दान्कुटी,मञ्जु आचार्य तथा स्थानिय कलाकारहरुले आ आफनो प्रस्तुती राखेका थिए ।
प्रदर्शनीमा बालवालिकाहरु बाल उद्यान्नमा रमाएका थिए । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ । प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ ।
प्रदर्शनीमा दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितीले जनाएको छ । त्यसैगरेर लोक दोहोरी प्रतियोगीता पनि सञ्चालन भइ रहेको छ । खुल्ला कविता प्रतियोगीता समेत आयोजना गरिएको छ । यसैगरेर प्रदशर्नको अवसरमा हेलीकप्टर मार्फत लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरिर रहेका छन् । सबै भन्दा वढी स्वर्गद्धारी जानेहरुको संख्या बढी रहेका छन् ।
