सिधा-पत्र/क्राईमबिट मंगलबार, चैत्र ०१, २०७८

काठमाडौं । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

स्रोतका अनुसार सिंह, धानुक र पन्तलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको हो ।फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो । गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डे नेतृत्वको बढुवा समितिले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै एआईजीको सङ्ख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन् ।

बढुवा सिफारिस भएका एआईजीहरूलाई प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्युरोमा पदस्थापन गरिने छ । अहिले मानवश्रोत र प्रशासन विभाग एउटै छ । मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ एआईजी राख्ने निर्णय यसअघि नै मन्त्रिपरिषद्ले गरेको थियो ।

बढुवा सिफारिस भएका ३ जना एआईजीहरूले प्रहरी महानिरीक्षक बन्न विश्वराज पोखरेल र सहकुल थापासँग प्रतिस्पर्धा गर्नेछन् । वर्तमान आईजीपी शैलेश थापा क्षेत्री २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् । बढुवा सिफारिस गरिएका धिरज प्रताप सिंह केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत छन् । वसन्त पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र रवीन्द्र धानुक कार्य विभागमा कार्यरत छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]