Sidha Patra शनिबार, फाल्गुण १४, २०७८

दाङ । दाङ जिल्लाको नेपाल–भारत सीमा क्षेत्र पर्ने खाङ्ग्रा नाकामा सीमा प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ ।

उक्त भवनको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शुक्रवार एक कार्यक्रमका बीचमा उद्घाटन गरेका हुन् । राजपुर गाउँपालिकाको कुल पाँच लाख लागतमा तीन कोठे पक्की भवन निर्माण गरिएको हो ।यस्तै भवनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले न्युन स्रोत साधनमा उच्च मनोबलका साथ नेपाल प्रहरीले गरेको कर्तब्यनिष्ठ कार्यको चर्चा गर्दै, यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले सीमा क्षेत्रमा अपराध, चोरी निकासी बढी हुने गरेकोले थप जिम्मेबार भइ काम गर्न निर्देशन समेत दिएका छन् ।

प्रहरी चौकीको नयाँ भवन भए पछि सेवा प्रवाहमा सजिलो हुने भएको छ । यसभन्दा पहिले स्थानीय मोहनलाल बुढाको घर भाडामा लिएर सीमा प्रहरी चौकी संचालन हुदै आइरहेको थियोे । खांग्रानाका स्थित चौकीमा इञ्चार्ज रमइ यादवको कमान्डमा ६ जना प्रहरी कार्यरत छन् ।

करिब विसकठ्ठा क्षेत्रफल रहेको जग्गामा खांग्रानाका स्थित सीमा प्रहरी चौकीको भवन निर्माण गरिएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयको एक लाख ५० हजार बजेटमा प्रतिक्षालय निर्माण गरिएको छ । नवनिर्मित प्रहरी चौकी भवनमा तीनवटा कोठा, मेस, स्नान कक्ष र शौचालय निर्माण गरिएको छ । यस्तै सो चौकीका इञ्चार्ज यादवले आफ्नो व्यक्तीगत खर्चमा मनोग्राम स्थापना गरेका छन् । उक्त भवनको उद्घाटन कार्यक्रममा राजपुर गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर रोका,ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्ट लगायत अन्य प्रमुख व्यक्तिहरुको उपस्थिति रहेकोे थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]