
Ratbs
Gsl
Ssbus
Jsbus
Csbus
syysr
Amb
Nssbus7
Rbs
gms
Bksbus5
dsbus
Ddhbs
Gsbus
Syees
Pbu

Pvg
Ksm
Asm
Wsp
Bbbpu
Rgu
Ssm
Rsb
Rgu
Bbu
Vor
Tsm
nsb
Hal
Sls
Rgs
Ggd
Sbs
Gst

Ptm
Mks
Abd
sab
Pls
Rpp
Jmb
bbt
Gsb
Syp
Bml
Rmb
Jmb
प्युठान । प्युठानी आइडल सिजन टुको उपाधी प्युठान बाग्दुला कि सरस्वती जिएमले पाएकी छन् । डि टु कला केन्द्रको आयोजनामा प्युठानी आइडल सिजन टुको शुक्रबार भएको फाइनल प्रतियोगितामा सरस्वतीले उक्त उपाधी हात पारेकी हुन् । सरस्वतीले १ सय ३० जनालाई पछि पार्दै १५ जनासंग फाइनल प्रतिस्पर्धा गरेकी थिइन् । त्यस्तै उनले सो प्रतियोगिता मार्फत नगद ५० हजार सहित सर्ट मुभी खेल्न पाउने भएका छन् ।
यसैगरी सो प्रतियोगितामा प्युठान सारंग बेसीकि शोभा मगर दोस्रो भएका छन् । उनले नगद २५ हजार र म्युजिक भिडियो खेल्न पाउने भएका छन् । त्यस्तै प्युठान जुम्ब्रीका अर्जुन भण्डारी तेस्रो भएका छन् । उनले नगद १५ हजार र म्युजिक भिडियो खेल्न पाउने आयोजकले जनाएको छ ।
“नृत्य हाम्रो अभियान कला र संस्कृतिको पहिचान” भन्ने मुल नाराको साथमा लुम्बिनी प्रदेशको राजधानी सातमारामा फाइनल प्रतियोगिता कार्यक्रम भएको थियो । उक्त कार्यक्रमको निर्णायकमा अनुप बुढा,दिपेश चौधरी, सुस्मिता ब्रोमेल रहनु भएको थियो । यस्तै सो प्युठानी आइडल सिजन टुमा १३० जना प्रतियोगीहरु सहभागी भएका थिए । विभिन्न चरणहरु पार गरि १५ जना फाइनल कार्यक्रममा स्वस्तिका रामजाली, नेहा परियार,शोभा मगर,रबिना बिक,शतिस सुनार,अर्जुन भण्डारी,मुन्नी घर्ती,पुजा ग्रुप,शुभम ग्रुप,सबिना जि.एम,अलिशा,अलिजा ग्रुप,सरस्वती जि.एम,अनुशा पराजुली,तिर्सना रावत,सोनिया परियारले ठुलो प्रतिस्पर्धा गरेका थिए ।
सो प्रतियोगिता प्युठानको विभिन्न ठाउँमा संचालन भएर सम्पन्न भै फाइनलको लागि जनता माध्यमिक विद्यालय बडडाँडा,भवानीश्वरी बासिक विद्यालय जसपुर,अम्मर माध्यमिक विद्यालय भिङ्ग्री,कालिका माध्यमिक विद्यालय जुम्री,महेन्द्र माध्यमिक विद्यालय सारङबेसी गरि ५ वटा विद्यालयमा सो कार्यक्रम भएको थियो ।
डि टु कला केन्द्रका अध्यक्ष राज थापाको अध्यक्षता तथा अर्घाखाँची शीत गंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुकेश आले मगरको प्रमुख अतिथि तथा अस्थायी प्रहरी चौकी सातमारा अर्घाखाँचीका प्रहरी इन्चार्ज सुर्य पन्थीको विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि आलेले प्युठान जिल्लाको प्रत्येक बस्तीमा लुकेर बसेका ती प्रतिभाहरुलाई यहाँसम्म ल्याउनु पनि ठुलो उपलब्धि रहेको बताउनु भएको छ ।
सबै जित मात्र सफलता नभएनि हार पनि एउटा सिक्ने अबसर भएकोले आगामी दिनमा यो स्थानसम्म आइपुगेको सफलताले ठुलो सहयोग पुग्ने आलेले बताउनु भयो । कार्यक्रममा ग्यालेक्सी फोर केका दाङ सम्बादाता शिवराज खनाल,सिधा-पत्र डटकमका संचालक मेगमन बुढा लगायतकाले बोल्नु भएको थियो । यस्तै उक्त कार्यक्रममा लोक दोहोरी गायक कृष्ण रेउले लगायत अन्य प्युठानी कलाकारको सहभागी रहेको थियो भने कार्यक्रमको संचालन डि टु कला केन्द्रका डाइरेक्टर दिपक बर्माले गर्नु भएको थियो ।


