
Tgp
Ksb
Ssb
Fmb
Rsb
Ksb
Ksb
Ppu
Gsb
Usb
Bsn
Csb
Ssb
jsb
Rks
Nsb

Ssb
Usb
Gsb
Hl1
Tsb

Nps
ptl
Rgu
दाङ । दाङ देउखुरीको कालाकाटे- सिक्टा जोडने हुलाकी मार्गको निर्माणको क्रममा सडकको दायाँबायाँ काटिएको पुर्जावाल जग्गाका जग्गाधनीहरुलाई मुअब्जा/ क्षतिपूर्ति दिन नेपाली काङ्ग्रेस पार्टी केन्द्रीय सदस्य योगेन्द्र चौधरीले गृह मन्त्रालय नेपाल सरकारसमक्ष माग गर्नुभएको छ ।
दाङ देउखुरीको लमही – कोइलावास सडक खण्ड निर्माणका क्रममा उक्त सडक आसपासका जग्गाधनीहरुले मुअब्जा पाएको तर यसै क्षेत्रमा रहेको कालाकाटे देखि राजपुरको गगदी सम्म निर्माणकै चरणमा रहेको सडकका छेउछाउमा रहेका जग्गाधनीहरुले मुअब्जा नपाउदा जनतामाथी विभेद भइरहेको हुँदा कालाकाटे देखि राजपुरको गगदीसम्मकै सडक छेउछाउका जग्गाधनीहरुले क्षतिपूर्तिबाफत मुअब्जा पाउनुपर्ने भन्दै लिखितरुपमै माग गर्नुभएको छ ।
