
Mbdvs
Gisld
Sds
Pbu
Rbs
mbd

Hal
Rgs
Pvg
nsb
Bbbpu
Tsm
Ksm
Gst
Asm
Vor
Bbu
Sbs
Sls
Ggd
Rgu
Rsb
Ssm
Rgu
Wsp

Jmb
Rmb
Jmb
Bml
bbt
sab
Ptm
Pls
Rpp
Abd
Gsb
Mks
Syp
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हालमा बालबालिका माथि हुने हिंसाका घटना हरूको अनिवार्य रिपोटिंग सम्बंधि निर्देशिका निर्माण गर्न विद्यालय र स्वास्थ्य क्षेत्रका सरोकार वाला हरू बिच छलफल कार्यक्रम समपन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता श्री राष्ट्रीय आधारभूत विद्यालय (१-५) सरफरका प्रधानाध्यापक प्रहलाद पाण्डेय, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा स्वास्थ्य शाखा संयोजक शंकर भट्टराई, शिक्षा शाखा प्रमुख बिद्यालय निरिक्षक बलराम पन्थी रहनु भयो ।
कार्यक्रममा युनिसेफ नेपालका प्रकाश कैनिले कार्यक्रमको उद्देश्य तथा बाल अधिकार लगायत बाल बालिका माथि विभिन्न क्षेत्रमा हुन सक्ने संभावित हिंसाका घटना बारेमा अनिवार्य रिपोर्टिंग सम्बंधि जानकारी, नगरपालिकाले समेत यस क्षेत्रमा दूरगामी सोच राखेर बाल बालिका माथि हुने हिंसाका घटना हरूको अनिवार्य रूपमा रिपोर्टिंग गर्न संयन्त्र निर्माण गरि योजना निर्माण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षकका रुपमा रहनु भएका अधिवक्ता राजु श्रीवास्तवले बाल बालिकाको परिभाषा, यौनिकताको परिचय, हिंसाका प्रकारहरू, कार्यस्थलमा हुन सक्ने हिंसा,कानुनी आधार, कानुनी उपचार, उजुरी कसरी र कहां दिने लगायत अन्य बिषयमा बताउनुभयो ।
कार्यक्रममा सहभागी हरूले विभिन्न क्षेत्रमा बालबालिका माथि हुन सक्ने संभावित हिंसा हरूको बारेमा अवगत गराइएको र अन्य बिषयमा कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा वृहत क्षलफल भएको थियो ।
कार्यक्रममा शिक्षक, स्वास्थय कर्मी, पत्रकार, प्रहरी लगायत अन्यको सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन तथा अन्य व्यवस्थापन कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो ।
