दाङ । उमेरले ५० नाघेका महिलाहरु खेल मैदानमा टिसर्ट, हापपाईण्ट र जुत्ता लगाएर फूटवल खेल्न तम्सिएका छन् । कसैले बच्चा बोकेरै हेरालु लिएर खेल खेल्न आएका छन् । सबैजसो बच्चाका आमाहरु र कोही नाती नातिनाका हजुआमाहरु पनि फूटवल खेल्न तम्सिएका छन् । महिला रेफ्रीहरु फुटवल कोड बनाई रहेका छन् त धेरै जसो महिलाहरु खेल ड्रेसमा सजिएर मैदानमा दौडीरहेका छन् ।
यो रमाइलो दृष्य खेलकुद कार्यक्रममा सिपि नेपालले ल्याएको शुक्रवार गढवाको ५ नम्बरमा रहेको खेल मैदानको रौनक हो । क्रियटिङ पोसिबिलीटीज नेपाल (सिपी नेपाल) ले देउखुरी क्षेत्रका राप्ती,गढवा र राजपुर गाउँपालिकाका आमा समूहहरु बिच आयोजना गरेको फुटवल प्रतियोगितामा निकै उत्सुक भएर खेलकुद खेल्न आएका हुन ।
खेलकुद खेल्न आउनुभएका महिलाहरु कसैको हातमा कुक्कर पुरस्कार छ त कसैको हातमा डेप्ची र पराँत समाउनु भएको छ । उमेरले ४५ नाघेका गृष्मा चौधरी,राधा पौडेल र शान्ता सुवेदीलाई खेल खेल्न आसाध्यै मन पर्ने भएकोले खेल्न आएको बताउनु भयो । खेल खेलेर कुक्कर पुरस्कार पाएको उहाँले बताउनु भयो । त्यसो त अञ्जु चौधरी,रामप्रसादी चौधरी र परमेश्वरी चौधरी पनि दिनभर फुटवल खेल्नु भएको छ । खेल खेल्न उमेरले छेक्दैन । खेल स्वास्थ्यकालागि पनि फाइदा जनक हुने भएकोले हामी खेल्न आएका हौं–उहाँहरुले भन्नुभयो । फुटवल खेलेर कुक्कर,तक्मा,शिल्ड मात्र होइन तरकारी काट्ने पराँत, पकाउने डेप्ची र खाने थाली समेत पुरस्कार पाइयो । सिपी नेपालले हरेक बर्ष आमा समूहमा आवद्ध महिलाहरु बिच खेलकुद प्रतियोगिता,बक्तृत्व कला र हाजिरीजवाफ लगायतका प्रतियोगिता राखेर जाँगरुक बनाएको उहाँहरुको भनाई छ ।
माघीको अवसरमा सिपी नेपालद्धारा आयोजना गरिएको आमा समूह तथा महिला समूहहरु बिचको फुटवल खेल एक कार्यक्रमका बिचमा बिजेताहरुलाई पुरस्कार वितरण गर्दै शुक्रवार समापन गरेको छ । संस्थाका बिद्यार्थी संयोजक दिपा चौधरीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा बिजेताहरुलाई पुरस्कार वितरण गर्दै खेलको समापन गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले खेल मानव स्वास्थ्यको समृद्धि र चेतनाको ताजगी भएको बताउनु भयो ।
कार्यक्रममा दुई दिन सम्म संचालन भएको फुटवल प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने रिना चौधरी,गृष्मा चौधरी,शर्मिला चौधरी,सुनिता चौधरी,सिता चौधरी,शान्ती चौधरी,फुलमति चौधरी,सुष्मा चौधरी,सुनिता चौधरी,रेनु नेपाली,बिमला बिक,शसीला गुप्त र शान्ता सुवेदी लाई शिल्ड,कप,प्रमाणपत्र र एक एक थान कुक्कर पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी द्धितिय स्थान हाँसिल गर्ने प्रतिक्षा चौधरी, बिष्णु चौधरी,राधा पौडेल,सुनिता चौधरी,सिता चौधरी,चम्फा चौधरी,परमेश्वरी चौधरी,कमला चौधरी,गिता चौधरी,तिर्सना खड्का,अन्जु चौधरी, रामप्रसादी चौधरी र सुनिता कुमारी चौधरी लाई शिल्ड,कप,प्रमाणपत्र र डेप्ची प्रदान गरिएको थियो । त्यसैगरी सान्त्वना स्थान हाँसिल गर्ने सबैलाई सिपि नेपालले पराँत र थाली लगायतका पुरस्कारहरु प्रदान गरेको छ । कार्यक्रमको सहजीकरण सिपी नेपालका बिद्यार्थी बिभागका कर्मचारी हेमराज शर्मा,महिला संयोजक सरिता चौधरी र पे्रसा चौधरी लगायतले सहजिकरण गर्नुभएको थियो ।