
Gmk
Sds
Anm
Mbdvs
Pbu
Ksm
mbd
Gisld
Rbs

Hal
Ksm
Wsp
Sls
Rgu
Asm
Rsb
Bbu
Rgs
Ggd
nsb
Gst
Sbs
Rgu
Vor
Tsm
Bbbpu
Pvg
Ssm

Mks
Gsb
Abd
Rmb
Pls
Jmb
Rpp
sab
bbt
Bml
Jmb
Ptm
Syp
सलिम अन्सारी । प्यूठान नगरपालिका ४ का डालबहादुर थापामगरको उमेर ७९ बर्ष पुुुगिसक्यो । बुढ्यौलीले ढाड कुप्रो परिसकेको छ। शरीरमा तागत छैन। तै पनि उनी सकी नसकी सडक छेउको झारपात उखेलिरहेका भेटिन्छन।भत्केको सडकमा ढुंगामाटो लगेर टालटुल गरिरहेका देखिन्छन्। नेपाल एकिकरण हुनुअघि प्युठान राज्यमा तत्कालीन चन्दवंशी राजाहरुको रजगज थियो। राजधानी थियो यहि भित्रीकोट राज्य, यो चौबीसे राज्य मध्ये शक्तिशाली मानिन्थ्यो।विसं १९९० को ठूलो भुकम्पले यो दरबार भत्कियो । जो अहिले भग्नावशेषमा बदलिएको छ । अहिले दरबारको रेखदेख थापामगरले गरिरहेका छन् । दरबारको काखमा रहेको सानो झुपडीमा उनि बास बस्छन । यो ऐतिहासिक दरबार हेर्न मान्छेहरु आउने जाने गरिरहन्छन् । दरबार क्षेत्रको हेरचाह गर्ने जिम्मा उनलाई छ। यिनै थापा दरवार हेर्न पुग्नेहरुलाई भित्रीकोट डुलाउछन । दिनहुँ दरवार जाने,हेर्ने र पर्यटक डुलाउने उनको दैनिकी बनेको छ । ‘भित्रीकोट शक्तिको पीठ पनि भएकोले आफूले धेरै पहिले देखि पूजापाठ गर्ने र हतियारहरुको संरक्षण गर्ने गरेको थापाले बताए।’ ‘त्यो भूकम्पले दरवार ढलेपछि यहाका हातहतियार पनि हिनामिना हुन थाले, कसैले पनि ख्याल गरेन्न’ उनले भने,’ दरवारको अस्तित्व मेटिन थालेपछी संरक्षणमा जुटेका हौँ।’ तत्कालीन बिजुवार गाबिसले आफुलाई हेरालुको जिम्मा दिएको मगर सुनाउछन ।
पुस्तौ देखी बेतलबी
डाल बहादुरका बाउबाजेले पनि हेरालुको काम गरे । अहिले उनि एक्लैले दरवारको हेरचाह र संरक्षण गरिरहेकै छन। त्यो पनि बेतलबी । ‘दरवार हेरचाह गर्दा कहिबाट सेवा सुबिधा पाएको छैन। उनि भन्छन।‘ २० बर्ष भयो दरवार रेखदेख गर्न थालेको’ उनले भने, ‘ बाउ बाजेकै पालादेखि नै हो,भयो तीन पुस्ता ।’ बुवा स्वर्गेबास भएपछी मैले दरवार हेर्दै छु।उनि घुम्न आउने पर्यटकहरुलाइ वरिपरी डुलाउछन । आफुलाई थाह भएजत्ती दरवारको ईतिहास कहन्छन। त्यस बापत भित्रीकोट पुग्नेहरुले अक्कल झुक्कल उनलाई ५०/१०० रुपैया दिन्छन। त्यसैको भरमा उनको ७ जनाको जहान पालिएको छ।’ अब त बुढ्यौली लाग्यो जाँगर फिटिक्कै छैन। काम गर्न सक्ने कुरा भएन, हात बसिसके आम्दानिको श्रोत भनेकै यहि त हो।’ उनि भन्छन,’ पर्यटक आउँदा त राम्रै हुन्छ ।’ अचेल कोरोनाको डरले पर्यटक आउन छोडेपछि आम्दानि पनि घटेको डाल बहादुर बताउछन।
जिल्लाको पहिलो नगरपालिका हो प्युठान नगरपालिका। नगर बनेपछी तलब तोकिन्छ भन्ने उनलाई ठुलो आशा रहेछ। ‘हाकिमले पनि उ बेला बाजे, तपाईँलाई थोरैधेरै तलब दिउँला भनेका थिए’, उनले दुखेसो पोखे,‘यत्तिका साल काम गरेँ। खोई तलबको त अत्तोपत्तो छैन । उनि फिस्स हाँसे । ‘उता, प्युठान नगरपालिकाका प्रबक्ता लक्षमिप्रसाद राज भण्डारी भने दरवार पुननिर्माणको काम सकिएपछि सुरक्षागार्ड नै नियुक्त गर्ने योजना रहेको बताउछन।’दरवार बनेपछि टिकट काटेर हेर्न ब्याबस्था मिलाउने सोचेका छौं।’ भण्डारीले भने,’ टिकट्बाट संकलन भएको आधा रकम हेरालुलाई दिने भनेका छौ।’
त्यो राज्यको ईतिहास यस्तो
पाल्पा देखि पश्चिम क्षेत्रका चौविसि राज्यहरु मध्ये शक्तिसाली मानिने प्युठान राज्यको राजधानी भित्रीकोट थियो। भित्रीकोटमा तत्कालीन राजा थिए चन्द्रबंशी । त्यहीबाट प्युठानको राजकाज चल्थ्यो । त्यस बेलासम्म प्युठान राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो । डा गितु गिरीले आफ्नो ‘प्यूठान राज्यको इतिहास’ पुस्तकमा चन्द्रवंशी राजाले भित्रीकोटमा राज्य गरेको भनेर लेखेका छन । यहा मध्यकालमा सिंह राज परिवारले शासन चलाएको मानिन्छ भने त्यसपछि मगर,जाट राजा र सो पश्चात् चन्द वंशीय राजाहरूले शासन गरेको पाइन्छ ।सदरमुकाम नजिकै मल्ल राजा, उदयपुरकोटमा ब्राह्मण अधिकारी राजा भए । भनिन्छ उनिहरु सैन्य शक्ति बिहिन थिए। वि. स. १८४३ मा दामोदर पाण्डेको नेतृत्वमा आएको गोर्खाली फौजले हमला गरेर भित्रीकोटलाई नेपाल राज्यमा गाभेको थियो ।
चन्द वंशीय राजाहरु युद्ध हारेपछी ती फौज भित्रीकोट छाडेर रोल्पाको क्यूरीमा गएको इतिहास पाइन्छ । भित्रीकोटमा १४ राजाले राज्य गरेको बताइन्छ । भित्रीकोटका प्रथम राजा लटराज र १४औं राजा रुद्रप्रताप चन्दराज हुन् ।
कस्तो छ दरवार ?
भुरे टाकुरे राजाको पालामा बनेको यो दरबार करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । दरवार चारैतिरबाट पर्खालले घेरिएको छ ।झण्डै डेढ सय मिटर लामो सिँढी र भ¥याङ छ । भनिन्छ, राजाहरुले दरबारको सुरक्षाका लागि बनाएका थिए। अहिले प्रवेशद्वार भताभुङ्ग छ । प्रबेशद्धारबाट भित्र पसेपछि भित्रीकोटको प्रशासनिक भवनपनि भग्नावशेष छ । दरबार क्षेत्रको वरिपरि ९ स्थानमा सेन्ट्री राखिएको भग्नावशेष देखाउदै थापाले सेन्ट्रीभएको चार शूरहरू यिनै हुन भन्दै थिए।
पूर्वतर्फ भ्यु टावरको रूपमा सिमेन्टको पर्खालले छेकिएको छ। स्थानियहरु घरको किल्ला वरपर खन्दा मानव कङ्कालहरू भेटिएकोले उत्खनन रोकिएको बताउछन । पाकेका इट्टा र ढुङ्गाहरू छरपस्ट छन । क्षेत्रपाल मन्दिरको पश्चिम पट्टी भागमा निकै पुरानो मौलो ढुङ्गाको कापमा अडाइएको छ ।
क्षेत्रपाल मन्दिर र खडगथान
दरबारको पश्चिमपट्टि भागमा क्षेत्रपाल मन्दिर र खडगथान पनि छ । क्षेत्रपाल मन्दिरमा बुट्टेदार कलात्मक टुँडालहरू पनि जडिएका छन् । साना ठुला घण्टहरू पनि छन् । घण्टको केही भाग टुटेफुटेको देखिन्छ । यहा रहेको सबैभन्दा पुरानो घण्ट १८१४ मा कुवापानीका मनबिर डिठ्ठा खड्काले चढाएका थिए।खडकाकै नातीले चढाएको घण्ट पनि यहा छ। खडगथान भित्र एउटा दमाह(बाजा र नगरा) राखिएको छ । भित्रपट्टिको कोठामा पुराना तरबार, ढुङ्गे हतियार, चुप्पी, खुकुरी जस्ता हतियारहरू छ्न । चाँदि र सुनको जलप लगाइएका ती हतियारहरू तत्कालीन शासकहरूले प्रयोग गरिएको भनिँदो रहेछ । त्यहाँ विभिन्न किसिमका हात हतियार, ढाल, तरबार, तोपगोला, बन्दुकहरू पनि थिए रे तर अहिले ती सामाग्रीहरू हिनामिना भयो भन्छन् थापामगर । ‘ हाम्ले ४ सय थान पुराना हतियारहरु छन भनेको सुनेका हौँ।’ उनले हतियार देखाउँदै भने,’अहिले त बचेका हतियार यिनै हुन हेर्नुस ।दरबारको भग्नावशेष, भत्किएका पुराना पर्खाल, राजाले पानी पिउनका लागि बनाएको पोखरी, चाँदी लेपन गरिएका हातहतियार अहिले अवशेषका रुपमा देखिन्छ । नेपाली सेनाले हातहतियारको संरक्षणका लागि सानो भवन निर्माण गरिदिएको छ । “सुन लेपन गरिएको तरबार, मन्दिरमा भएका घण्ट र बहुमूल्य धातुको गजूर हराएपछि घरमा राखेर सुरक्षित गरिएको थियो”,थापाले भने,’पुराना हतियारहरु खड्कथानको जीर्णोद्धारपछि ल्याएर राखिएको हो ।’यहा सिद्धेश्वरी गुफा पनि छ । तत्कालीन शासकहरूले यहि गुफाको बाटो हुँदै गोप्य रूपमा झिमरुक नदीमा स्नान गर्थे र सोही बाटोबाटै फर्कन्थे भन्ने किम्बदन्ती छ। यहाको रकते पोखरीको किवंदन्ति पनि उस्तै रोचक रहेको थापा सुनाउछन । भित्रिकोटमा विभिन्न चाडपर्वमा पुजा आजा गर्न स्थानीय पुग्छ्न । पछिल्लो समय यो दरबारको चर्चा चुलिदै गएपछि काठमाण्डौबाट मान्छे आएर यहाँ खनखोर्सन नगर्नु भनेर गएका छन् ,उनले भने ।’ हिजोआज भित्रीकोट घुमफीर गर्नेहरु पनि बढेका छन। ‘यस क्षेत्रबाट जिल्लाको सुन्दर झिमरुक फाँट, हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।
दरबारले पुनर्जीवन पाउँदै
भित्रिकोटको पर्यटन प्रर्वद्धनका लागि प्यूठान नगरपालिकाले पहल थालेको छ। नगरपालिकाले भित्रीकोट क्षेत्रमा रहेका १७ मुख्य गन्तव्यलाई आधार मानेर भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको छ ।रक्तिपोखरी, रानी गुफा, रानी बगैंचा, खुलखुले डाँडो, रकगाडेन, दरबार क्षेत्र, थानाकोट, मुख्य भित्रीकोट क्षेत्र यहाँका पर्यटकीय गन्तव्य हुन् । तिनकै सुधार गर्न नगरपालिका जुटेको छ। प्युठान नगरपालिका ४ का वडाअध्यक्ष समेत रहेका राजभण्डारीले दरवार पुरानै स्वरुपमा पुनः निर्माण गर्न लागिएको बताए । नगरपालिकाले कूल रु १४ करोडको डिपिआर तयार भईसकेको र सोही अन्तर्गत यहा उत्खनन कार्य, पैदलमार्ग, रक गार्डेन निर्माण लगायतका काम भैइरहेको उनले बताए। उद्याेग,पर्यटन,वन तथा वातावरण मन्त्रालयबाट थप ५ लाख रकम बिनियोजन भएपछि दरबार पुनःनिर्माण गर्न ठेक्का समेत दिइएको छ। यो दरबार प्युठानकै नमुना पर्यटकीय सम्पदाको रुपमा स्थापित हुने राजभण्डारीले दाबी गरे ।
