
Gisld
Ksm
Anm
mbd
Rbs
Mbdvs
Sds
Pbu
Gmk

Hal
Ksm
Ggd
Wsp
Rsb
Ssm
Rgu
Bbu
Asm
Tsm
Sls
Pvg
nsb
Rgu
Sbs
Gst
Bbbpu
Rgs
Vor

Bml
Abd
Gsb
Pls
bbt
Rmb
Mks
Jmb
Syp
sab
Jmb
Rpp
Ptm
दाङ । लुम्बिनी प्रदेशका कार्यवाहक मुख्यमन्त्री धनबहादुर मास्कीले शिवसवरी धामको विकासका लागि प्रदेश सरकार प्रतिवद्व रहेको बताएका छन् ।
शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका ५ पहरूवाले आयोजना गरेको संयुक्त पुजा, डुंगा उद्घाटन तथा भण्डारा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मास्कीले सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका कार्यवाहक मुख्यमन्त्री मास्कीले राजधानीको नजिकको धार्मिक केन्द्र भएकोले पनि धामको विकास प्रचारप्रसारका लागि राप्ती गाउँपालिका सँग सहकार्य गरेर विकास गरिने प्रतिवद्वता जनाएका छन् ।
त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले यश वर्ष धार्मिक क्षेत्रका लागि बजेट विनियोजन गर्न नसके पनि आगामी वर्षहरूमा मास्टर पलान सहित धामको प्रचारप्रसार र विकासमा गाउँपालिकाले सहयोग गर्ने बताएका छन् ।
धामका संस्थापक अध्यक्ष मिश्रुलाल चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा धामकी संरक्षक गुरु शिवलक्ष्मी चाैधरी, धामका सल्लाहकार तथा देउखुरी टुडे डटकमका अध्यक्ष/ प्रधान सम्पादक सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा कार्यवाहक मुख्यमन्त्री मास्कीले दोलाईखोला गंगासागरमा डुंगाको उद्घाटन समेत गरेका थिए । पर्यटकहरूलाई आकर्षित गर्न गंगासागरमा डुंगाको व्यवस्था गरिएको धामका संस्थापक अध्यक्ष मिश्रुलाल चाैधरीले जानकारी दिएका छन् । धामका सचिव राजेन्द्र चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन धामका सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

