
Pbu
Csbg-7
Gsbg-3
ksbl-7
Rksr-7
Msbg-2
Usbl-7
jsbr-3
Jsbg-7
Gsbr-6


दाङ । देउखुरीको गढवा गाउँपालिकाले साढे चार बर्ष सम्म गरेका कामहरुलाई शुक्रवार पत्रकार भेटघाट गरि सार्बजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा लेखा प्रमुखले चालु आर्थिक बर्षमा भएको आम्दानी खर्च बिवरण र गाउँपालिका अध्यक्ष सहजराम यादवले चार बर्ष अवधीमा भए गरेका कामहरुको बिवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष गुलाम मोहम्मद,बाबुराम अधिकारी र प्रकाश भण्डारी प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी बिषयगत शाखाका सबै प्रमुखहरु ल्गायतको उपस्थिति रहेको थियो ।
कुनैबेला दाङको दक्षिण देउखुरी बिकासका दृष्टिले निकै पछाडी मानिन्थ्यो राजपुर,बेला,गढवा, गंगापरस्पुर,गोबरडिहा र कोइलाबास गरि ६ वटा साबिकका गाबिसहरु दक्षिण देउखुरीका भूगोल हुन् । राज्यको पुर्नसंरचना संगै राजपुर र बेला मिलेर हाल राजपुर गाबिस बनेको छ भने बाँकी साबिकका चार गाबिसहरु मिलेर गढवा गाउँपालिका बनेको छ । बिगत चारबर्ष पहिलेको गढवा र हालको गढवामा भौतिक बिकासका हिसाबले काफि परिवर्तन भएको छ । कुनैबेला दाङको श्रृलंका भनेर ब्यङ्य गरिने यस क्षेत्रको मुहार अहिले निकै फेरिएको छ । पुर्वमा कपिलबस्तु र अर्घाखाचीसंग जोडिएको धानखोला,रङसिङ तथा पश्चिममा राजपुर गाउँपालिका, उत्तरमा राप्ती नदी र दक्षिणमा भारतसंग सिमाना जोडिएका कोइलाबास,मुसी, खबरी,घङराल,भौरीसाल लगायतका नाकाहरु गढवा गाउँपालिकाका सिमाना रहेका छन् ।
यस गाउँपालिकामा कुल आठवटा वडाहरु छन् । चारबर्षको अवधिमा केन्द्र,प्रदेश र स्थानीय सरकारको पहलमा गढवा गाउँपालिकाले बिकासका दृष्टिले निकै फड्को मारेको छ । बहुप्रतिक्षित लमही कोइलाबास सडक निर्माणले सार्थकता पाएको छ भने गाउँपालिकाको थप लगानीमा गढवा बजारको सडक दायाँ बायाँ २÷२ मिटर थप चौडा गरिएको छ ।
राष्ट्रिय गौरबको आयोजना कालाकाटे–गढवा– राजपुर हुदै नेपालगंज जोड्ने हुलाकी सडक निर्माणको काम तिब्र गतिमा रहेको छ । यस सडकको निर्माण कार्यलाई गाउँपालिकाको तर्फबाट विबादित स्थानहरुमा समन्वय सहकार्य गरि सहजीकरण गरिएको छ । कोइलाबासको मुसीनाका र खबरी नाकाका बस्तिहरु अध्यारोमा थिए । हाल गाउँपालिकाको बजेटबाट ति नाकाहरुमा बिजुलीबत्तीको पहुँच पुगेको छ । बिपद्को उच्च जोखिममा रहेको गढवा गाउँपालिकाले यो अबधिमा सर्पदंश उपचार केन्द्रको भवन बनाएर सेवा सुचारु गरेको छ भने दमकल खरिद गरेर आगलागि नियन्त्रणको सेवा सुचारु गरेको छ । गाउँपालिकाले सुविधा सम्पन्न तिनतल्ले प्रशासकीय भवन तयार गरि सेवा सुरु गरेको छ भने आठवटै वडा कार्यालय भवनहरु निर्माणगरि सेवा संचालन गरेको छ । गढवा बजारको वडानं. ६ मा गाउँपालिकाले ११ वटा सटरहरु निर्माण गरि नियमित आम्दानीको स्रोतका रुपमा बाहालमा लगाएको छ ।
शिक्षाको क्षेत्रमा यस पालिकाले निःशुल्क शिक्षाको अबधारण अंगाल्दै शिक्षक स्वयंसेवक कार्यबिधिी बनाएर सबैजसो सरकारी बिद्यालयहरुमा निजी स्रोतका शिक्षकहरुलाई ब्यवस्थापन गर्न सुरु गरेको छ भने वालबिकास सहजकर्ताहरुलाई संघ सरकारले उपलब्ध गराएको तलबमा ७ हजार थप गरि १५ हजार पुर्याएको छ । जिर्ण भएको पचहिया माबिले भौतिक निर्माणबाट मुहार फेरेको छ भने अन्य बिद्यालयहरुमा पनि भौतिक बिकास र शैक्षिक सुधारका कार्यक्रमहरु कार्यान्वयन भै रहेका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत केहि बिद्यालयहरुको भौतिक निर्माण भएको छ । राप्ती प्राबिधीक शिक्षलयलाई गढवामा स्थानान्तरण गर्ने निर्णय भएसंगै सरस्वती माबि गोबरडिहामा १ करोडको लगानीमा गाउँपालिकाले भौतिक निर्माणको काम सुरु गरेको छ । सबै बिद्यालयहरुमा बिद्युतिय हाजिरी जडान भएका छन् भने पुस्तकालय र इण्टरनेटको ब्यवस्थापनमा काम अगाडी बढाइएको छ । मुक्त कम्लहरी,बिपन्न सिमान्तकृत वर्गका बिद्यार्थीहरुलाई छात्रबृत्ति,नाका क्षेत्रका बिद्यर्थीहरुलाई डे«स तथा स्टेशनरी बितरण लगायतका कामहरु गरिएका छन् ।
प्रबिधिक धार तर्फ सरस्वती माबिमा राप्ती प्राबिधिक शिक्षलय स्थानान्तरण प्रकृयाका लागि जोडतोडले भौतिक निर्माण कार्य अगाडी बढाईएको छ भने माबि कालाकाटेमा प्रिःडिप्लोमा इन्जीनीयरीङ,माबि गोबरडिहामा कृषि बिज्ञान र माबि चैनपुरमा पशुबिज्ञानको पठन–पाठन संचालन गरिएको छ ।
यो अबधिमा कोइलाबास र कोठरीमा नेपाल टेलिकमका टावर निर्माण भएका छन् भने अन्य आवश्यक स्थानहरुका मनिकापुर–कक्रहवा र खबरीनाकाका लागी टेलीकम टावर निर्माणमा समन्वय भै रहेको छ । सबै वडाहरुमा स्वास्थ्य इकाइहरु स्थापना भै संचालनमा आएका छन् भने गढवाको स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पताल बनाउने गृहकार्यको डिपिआर पुरा भै टेण्डर समेत भै सकेको छ । गढवाको स्वास्थ्यचौकीमा एमबिबिएस डाक्टर राखि सेवा संचालन गरिएको छ भने सबै स्वास्थ्यचौकीमा ल्याव सहित २४ घण्टे प्रसुति सेवा र सुत्केरीहरुलाई निःशुल्क एमबुलेन्स सेवा सुचारु गरिएको छ । नेपाल सरकारले प्रदान गर्दै आएको सुत्केरी पोषण भत्तालाई स्थानीय सरकारले ३१ सय थप गरि ४ हजार ९ सय पुर्याएको छ । पालिकाका सबै वडाहरुमा ४ स्वास्थ्य चौकी,४ वटा आधारभूत स्वास्थ्य केन्द्र र २ स्वास्थ्य इकाईहरु संचालित छन् । पालिकाको तर्फबाट औषधी खरिद गरि नेपाल सरकारको मापदण्ड बमोजिमका निःशुल्क औषधिहरु बितरण गरिदै आएको छ । कोभिड १९ प्रतिकार्य अन्तर्गत १२ बर्ष माथीका नागरिकहरुलाई कोभिड खोप लगाई सकिएको छ भने अग्रपंङ्तिमा खटेर कामगर्ने कर्मचारीहरुलाई बुष्टर डोज समेत लगाई सकिएको छ ।
प्रत्येक वडाहरुमा हरित पार्क निर्माणको काम कार्यान्वयनमा लम्किरहेको र सबैजसो वडाहरुमा महिला भवनहरु निर्माण भएका छन् । कोइलाबासमा आँखा अस्पताल र भ्युटावर निर्माण भै संचालनमा आएका छन् भने मुसीनाका र खबरी नाकामा बिओपि भवन निर्माण संगै त्यहाँ पुग्ने सडकका टे«याक समेत खोलिएका छन् ।
वडानं.२ को पचहियामा रिङरोड कालोपत्रे, जुरौनी, गोबिन्दनगर–पर्सेनी,चैनपुर र बुद्धज्योति रोड कालोपत्रेका काम सुरुवात गरिएको छ । केन्द्र सरकारको बजेटबाट गढवाका वडानं. ६ र ७ का हाँसीपुर,वालापुर,रामपुर,बालाखुटी, घोराहा, सेम्री,मानपुर लगायतका गाउँहरुमा सडक कालोपत्रे भै सकेका छन् ।
गाउँपालिकाले फोहर ब्यवस्थापन गर्न ल्याण्डफिल साइट निर्माण गरि टयाक्टर परिचालन गरेको छ भने सेफ्टी टैंकी सफागर्ने सेवा र अमिन राखेर जग्गा नापि गर्ने सेवा समेत प्रवाह गरेको छ । सबै वडाहरुका भित्री सडकमा पक्किनाली तथा ग्राभेल,नदी कटानको जोखिम न्यूनिकरण गर्न बिभिन्न स्थानहरुमा तटबन्धन,सबैजसो वडाहरुमा खानेपानी कार्यालयसंगको समन्वय सहकार्यमा खानेपानी आयोजना निर्माण तथा संचालन भएका छन् । रामजानकी मन्दीर,कन्दरा मन्दिर र कुलपानीमा पालिकाको लगानीमा पर्यटकीय स्थल संरक्षण र भौतिक निर्माणका कामहरु भएका छन् भने जंगलकुटीमा पर्यटन मन्त्रालयसंगको समन्वयमा बजेट ल्याई भौतिक निर्माण सम्पन्न भएको छ । यसैगरी उठैया चोकदेखि खजरौटा बाटो बहुबर्षिय योजना अन्तर्गत टेण्डर प्रकृयामा रहेको छ ।
किसानहरुलाई सहकारी संस्था मार्फत मलखाद ब्यवस्थापन तथा अनुदानका बिऊ बिजन एवं ५० प्रतिशत अनुदानमा कृषि यन्त्र औजार उपकरण तथा सिंचाई बोरीङ र मोटर वितरण गरिएको छ । यससंगै धान पाकेट कार्यक्रम र कोभिड बिशेष कृषि कार्यक्रम संचालन गरिएका छन् । माटो परिक्षण, उर्वराशक्ति मापन सहितको नक्सा सार्बजनिक तथा निःशुल्क पशुस्वास्थ्य शिविर संचालन,पशु नश्लसुधार अन्र्गत बोयरबोका,बाख तथा बंगुरका पाठा वितरण र पशु प्रबर्धनका कामहरु भै रहेका छन् । छाडा पशु चौपायाको बिगबिगीलाई नियन्त्रण गर्न गौशालाको भौतिक निर्माण गरि ३ जना कर्मचारी राखेर अढाईसय बढी गाई गोरु ब्यवस्थापनको कार्य गाउँपालिकाले गरिरहेको छ । लापा कार्यक्रम र गाउँपालिकाको संयुक्त लगानीबाट हडैया बुटेनी पक्किनाली,कक्रहवा र कोइलाबास खोलामा चेक ड्याम्प निर्माण,सिंचाई कुलो तथा बिभिन्न स्थानहरुमा तटबन्धनका कामहरु सम्पन्न भएका छन् भने आम्दा नेपालसंगको समन्वय सहकार्यमा कालाकाटे, चिमचिमे, महदेवा, गोबरडिहा, कक्रहवा, खबरीखटी, मुुसीनाका र खबरी नाकामा करोडौको लागतमा सामुदायिक स्वास्थ्य इकाई तथा गाउँघर क्लिनीक भवनहरु निर्माण गरिएका छन् । आम्दा नेपाल, सिपि नेपाल र रेडक्रस संगको समन्वय सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरहरु संचालन हुदै आएका छन् ।
नेपाल रेडक्रस संगको समन्वय सहकार्यमा बिपद् ब्यवस्थापन सुरक्षित आवास,सर्पदंशमा भेण्टिलेटर,जनशक्ति उत्पादन, जिविकोपार्जन, खानेपानी स्वच्छता तथा सरसफाई र बिपद् प्रतिकार्यका बिभिन्न कृयाकलापहरु संचालन भै रहेका छन् । गाउँपालिकाको पञ्चबर्षिय योजना सहितको प्रोफाईल तयार गरेको छ भने दुइ दर्जनबढी ऐन,कानून,नियम,निर्देशिका र कार्यबिधिहरु निर्माण गरि कार्यान्वयन गरिएको छ । कला संस्कृत र सम्पदाहरु झल्कीने गाउँपालिकाको सबै भूगोलको डकुमेण्ट्रि निर्माण,न्यायिक समितीद्धारा नियमित न्याय सम्पादन,अपांगता परिचय पत्र वितरण,कोभिड महामारी रोक्न
क्वारेण्टाइन,आइसुलेशन,कोइलाबासमा हेल्थ डेस्क संचालन र राहात वितरणका कार्यक्रमहरु भएका छन् । सरकारको मुख्यमन्त्री ग्रामिण बिकास र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बिभिन्न रोजगारमुलक कार्यक्रमहरु संचालन भएका छन् । मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमबाट पंचेबाजा बजाउने तालिम,घरेलु तथा साना उद्योग कार्यालय संगको सहकार्यमा साइकिल मोटरसाइकिल बनाउने सिपमुलक तालिम,पलम्बर तथा इलेक्ट्रसियन तालिम संचालन भै रोजगारीको सृजना भएको छ भने गापा स्तर र वडा स्तरमा सिलाई कटाई तालिम तथा ढकिया बुनाई जस्ता रोजगारमुलक तालिमहरु सम्पन्न भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत थुप्रै भौतिक निर्माणका कामहरु गर्दै बेरोजगारहरुको बैंक मार्फत ज्याला भुक्तानी गर्ने गरिएको छ ।
यसैगरि गाउँपालिकाले सभाहल,कोसेलीघर, कालाकाटे र गढवामा वसपार्क निर्माण र ब्यवस्थापन,थारु कुमाल समुदायलाई माटोका भाँडा बनाउने आधुनिक भट्टी निर्माण,लोकसेवा आयोगका कक्षा संचालन,बिभिन्न सिपमुलक तालिमहरु संचालन गरि रोजगार प्रबर्धनका कार्यहरु संचालन गरेको छ । सुरक्षित आवास अन्तर्गत २२४ घरधुरीलाई जस्तापाता वितरणको काम अगाडी बढाइएको र जनता आवास तथा मुख्यमन्त्री कार्यक्रम मार्फत १४ जना अति अशक्त,बिपन्न र दलित नागरिकको आवास निर्माण गरिएको छ ।
यसबाहेक राष्ट्रिय गौरबको आयोजना कालाकाटे गढवा सिक्टा सडक तथा बड्कापथ सिंचाई आयोजनालाई अगाडी बढाउन पालिकाले समन्वय र सहकार्य अगाडी बढाएको छ भने भूमिहिन सुकुम्बासीहरुलाई पुर्जा वितरण गर्न लगत संकलन गरि लगत प्रबिष्टको काम सहित वडानं.१ बाट जग्गाहरुको नाप नक्सा गर्ने काम पनि सुरु गरेको छ । यसको संगसंगै बिभिन्न भाषा,कला र संस्कृति तथा ऐतिहासीक,धार्मिक र पुरातात्विक महत्व राख्ने पर्यटकिय स्थल एवं मठ मन्दिरहरुमा भौतिक निर्माण र संरक्षण सम्बर्धनका कार्यहरुमा पनि गाउँपालिकाले बजेट लगानी गरेर काम गर्दै आएको छ । महिला वालवालीका अन्तर्गत लैंगीक हिंसा बिरुद्धको १६ दिने अभियान तथा महिला शसक्तिकरण,अपांगता भएका नागरिकहरुलाई परिचय पत्र र सहायक सामाग्री वितरण,जेष्ठ नागरिकहरुलाई ब्लांकेट बितरण र वालवालीकाहरुलाई जिवन उपयोगी सिप सम्बन्धी तालिमहरु संचालन भएका छन् । न्यायिक समितिबाट न्याय सम्पादन नियमित रुपमा संचालन भएको छ । जस अन्तर्गत हालसम्म २०३ वटा उजुरीहरु दर्ता भएकोमा १४६ वटा निरुपण भै सकेका र ४१ उजुरीहरु निरुपण गर्न बाँकी रहेका छन् । जस मध्ये सम्पर्कमा नआएका ५, जिल्ला अदालतमा पठाईएका ५ र प्रहरी कार्यालयमा पठाईएका ६ वटा उजुरीहरु रहेका छन् ।
सामाजिक सुरक्षा अन्तर्गत कुल ३३१४ जनालाई बैंकिङ प्रबिधिबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिदै आएको छ भने जेष्ठ नागरिक सम्मान,ब्यक्तिगत घटना दर्ता अनलाइन प्रबिधि,बार्षिक रुपमा जनप्रतिनिधी र सेवाग्राहीलाई अभिमुखिकरण तथा पंजिका अधिकारी,वडा सचिव र कम्प्युटर अपरेटरलाई सिपमुलक अभिमुखीकरण गरिदै आएको छ । गाउँपालिकाका आठवटै वडाहरुमा इन्टरनेटको पहुँच पुगेको छ भने अनलाइन प्रबिधिबाट राजश्व संकलन,सबै वडा कार्यालय र गाउँपालिका भवनमा सिसी क्यामरा जडान स्वास्थ्य चौकी र माबि हरुमा इण्टरनेट सेवा बिस्तार गरिएको छ ।
