
Ssb
Tgp
Ssb
Fmb
Ppu
jsb
Ksb
Ksb
Ksb
Rsb
Usb
Nsb
Bsn
Csb
Gsb
Rks

Hl1
Gsb
Ssb
Usb
Tsb

ptl
Nps
Rgu
दाङ । प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसका अबसरमा दाङ शाखाले रक्तदान कार्यक्रम गरेको छ । रक्त सञ्चार केन्द्र घोराहीमा आज एक कार्यक्रमको आयोजना गरि २४ औँ स्थापना दिवसका अबसरमा रक्तदान गरेको हो ।
कार्यक्रममा विभिन्न क्षेत्रका १८ जना व्यक्तिहरुले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासन, पत्रकार महासंघ दाङका अध्यक्ष दुुर्गालाल केसी, प्रेस चौतारी दाङ शाखाका अध्यक्ष इन्द्र डिसी, सचिब किरण गौतम रहनुुभएको छ ।
त्यसैगरी,नवराज खत्री, बिमल योगी, शिव न्यौपाने, लक्ष्मण भण्डारी, सूर्य विक, टोपेन्द्र रोकामगर, दुर्गा खत्री, शिव घर्तीमगर, ओपेन्द्र बस्नेत, पोषण पण्डित, राहुल गिरी, अजय डाँगी र शैलेश अधिकारीले पनि रक्तदान गर्नुभएको छ । प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता एवं केन्द्रिय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता तथा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी र प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारीको विशिष्ट आतिथ्यतामा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक जागरण र रुपान्तरण मुखी पत्रकारीता अहिलेको अपरिहार्यता भएका बताएका छन् । सत्य खोज र तथ्य सम्प्रेषण नै पत्रकारीताको धर्म भएको भन्दै बक्ताहरुले देश विकासको पहरेदार बन्नुपर्नेमा जोड दिएका छन् ।
चौतारीका उपाध्यक्ष पे्रमबहादुर राम्जाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव किरण गौतमले गर्नुभएको थियो ।
