Sidha Patra शनिबार, माघ २२, २०७८

प्युठान । प्यूठानमा दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने दुर्घटनामा बेहुला बेहुली सहित ५ जना घाईते भएका छन् ।

त्यस्तै दुर्घटनामा परि ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक (प्रबक्ता) देवी प्रसाद गैरेले जानकारी दिनु भयो । उहाँका अनुसार घटनास्थलमै मृत्यु हुनेमा प्यूठान गौमुखी – ६ लिवाङ बस्ने ४० बर्षिया बसन्ती खडका,२९ बर्षिया केशरी खड्का, ५० बर्षिय बल बहादुर बुढा, ३२ बर्षका खिम बहादुर खत्री,५२ बर्षिया नन्दी खड्का र अन्दाजि २२ बर्ष की रिमा जिसी रहनुभएको छ ।

यस्तै, स्थानिय ३९ बर्षिया बसन्त खड्का र उहाँको छोरी बर्ष ११ को एलिसा खड्काको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्रहरी निरिक्षक गैरेले बताउनुभएको हो।

प्युठानको नौवहिनी- ६ लुङबाट दुलही लिएर फर्कनेबेला ग १ ज ५०९२ नम्बरको जीप गौमुखी गाउँपालिका-६ लिबाङको ओखरपाटामा राती १ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै दुर्घटनामा घाईते बेहुला बेहुली सहित सबैलाई जिल्ला अस्पताल विजुवार लगिएको छ । उहाँहरु ५ जनाकै अबस्था गंभीर रहेको गैरेले जानकारी दिनु भयो । जिप सडकबाट करिब एकसय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुली नसकेको प्रहरीले जनाएको छ ।कामनाडेलि

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]