
Gsbg-3
Csbg-7
Rksr-7
Pbu
Usbl-7
Jsbg-7
Gsbr-6
jsbr-3
Msbg-2
ksbl-7


प्यूठान । प्यूठानमा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएकाे छ ।
ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेकाे हाे । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले बताए । जिप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियाे । त्यस्तै दुर्घटनाको अझै थप विवरण आउन बाँकी रहेको छ ।
