Sidha Patra शुक्रबार, माघ २१, २०७८

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रले आठौ वार्षिकोत्सवका अवसरमा विभिन्न सामग्री वितरण गरेको छ । संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६मा रहेको दिदी घरले सञ्चालनमा ल्याएको बालगृहमै पुगेर सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाले चामल, दाल, आलु, तेल, नमकिन, बिस्कुट, चिउरा, मसला, मास्क, स्यानीटाइजर हस्तान्तरण गरेको हो । संस्थाका सल्लाहकार सुनीलकुमार पोखरेलको अध्यक्षता एवम महिला अधिकारकर्मी सुष्मा गिरी लामिछानेको प्रमुख आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका निर्देशक सुरेश भुसालले दिदी घरका अध्यक्ष स्यानी चौधरीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । बाल संरक्षण केन्द्रमा चारदेखि १२ वर्ष उमेरका २३ जना बालबालिकाहरु रहेका छन् । संस्थाले हालसम्म एक हजार बढीको उपचारपछि घरपरिवारमा पुन स्थापना गराएको छ भने ६० जना आर्थिकरुपमा विपन्न समुदायका लागु पदार्थ दुव्र्यशनीहरुलाई निशुल्करुपमा उपचार गरेको छ । कार्यक्रममा यातायात व्यवसायी सुमन पोखरेल,दिदी घरकी अध्यक्ष स्यानी चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका प्रेस सल्लाहकार गोकर्ण पौडेलले गर्नु भएको थियो । संस्थाले वार्षिकोत्सवका अवसरमा विगतमा समेत बालबालिका, जेष्ठ नागरिकहरुलाई विभिन्न  सामग्री वितरण गर्दै आएको छ भने लागु पदार्थ दूव्र्यशनी सम्बन्धी अभिभावक शिक्षा,सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

त्यसैगरी संस्थामै लागुपदार्थ दूव्र्यशनका बारेमा नि:शूल्करुपमा मल्टीड्रर्गस परीक्षण गर्दै आएको छ । केन्द्रमा सीप सिकाएर आत्मनिर्भर बन्न चाहनेहरुका लागि नि:शुल्करुपमा तालिम र आवश्यक सामग्री समेत उपलब्ध गराउँदै आएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]