थम्मन थापा सोमबार, जेठ ०५, २०७७

बागलुङ । गलकोट नगरपालिकामा स्वाव संकलन गरिएका १ सय ९ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
गत शुक्रबार र शनिबार स्वाब संकलन गरि पोखरा पठाइएकोमा सबै जनाको रिपोट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए । केही दिन अगाडी पर्सामा गलकोटबाट गएका १४ जना मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका नागरिकहरुको स्वाब परीक्षण संकलन गरी पोखारा पठाइएको थियो । उनीहरुको सम्पर्कमा आएका जनप्रतिनिधि ८ जना, स्वास्थ्यकर्मी १६ जना, सुरक्षाकर्मी ४ जना, पत्रकार १ जना, बैंक तथा वित्तीय संस्थाका कर्मचारी ५ र अन्य नागरिक ८७ जान गरी १ सय ९ जनाको स्वाब संकलन गरीएको थियो । कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आए पछि गलकोट नगरबासीमा सन्त्रास कम भएको छ ।
यद्यपी लक डाउन पूर्ण रूपमा पालना गर्न गलकोट नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ । नेपाल सरकारले कोरोना संक्रमण रोकथाम गर्न आगामी जेठ २० गते सम्म लक डाउन अवधि थप गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]