प्युठान । प्युठानमा मोटरसाईकलमा दुर्घट्ना हुँदा आईतवार दिउँसो एक जनाको मृत्यू भएको छ । प्युठानको माण्डवि गाउपालिका -३ लामाचौरमा रा ५ प ६८८६ नंबरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलको पछाडी बसेका स्थानिय अन्दाजी १८ वर्षिया किरण खनालको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनु भयो ।
त्यस्तै थापाका अनुसार खनालको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको हो । दाङको भालुबाङबाट रोल्पा तर्फ जाँदै गरेको ना ४ ख ३९९६ नंबरको यात्रुबाहक बससंग साँघुरो बाटोमा जम्काभेट भएपछि नियन्त्रण गर्न नसक्दा मोटरसाईकल नालिमा परेर दुर्घटना भएको स्थानियले बताए ।
बस र मोटरसाईकल चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ । मृतकका आफन्तले क्षतिपुर्तिको माग गर्दै जस्पुर- भिङ्री सडकखण्डमा यातायात संचालन गर्न दिएका छैन्न।कामनाडेलि