बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको लाईनसंग जोडिएको छ । नागरिक समाज गरेको लगातार ३ दिनको आन्दोलन कार्यालयमा तालबन्दी पछि सदरमुकाममा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन जडान गरिएको हो ।
यस्तै राष्ट्रिय प्रशारण लाईन सोमबार अर्थात १० गते साँझबाट सदरमुकाम मार्तडीमा जडान गरेको नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र बाजुराका प्रमुख ललित कुमार मण्डलले बताएका छन् ।
त्यस्तै उनका अनुसार सदरमुकाम मार्तडीलाई लक्षित गरेर सोमबारबाट पहिलो पटक मार्तडीमा ११ हजार भोल्टेजको लाईन जडान गरिएको बताए । बाजुरा सब स्टेशन नभए सम्म ११ हजार भोल्टेजको लाईनबाट सेवा दिने र सब स्टेशन निर्माण भईसकेपछि ३३ केभीको लाईन दिन सकिने बितरण केन्द्रका प्रमुख मण्डलेको भनाई रहेको छ ।
यस्तै २०४६ सालमा स्थापना भएको बाजुरा साना जलविद्युत केन्द्र २०६६ सालबाट त्रिवेणी सहकारीले २० वर्षका लागि लिज सम्झौता गरेर संचालन गर्दै आएको थियो । २ सय किलोवाट उत्पादन क्षमताको विद्युतले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिक जसो लोडसेडिङ गर्दै आएको थियो । त्यस्तै यता विद्युत प्राधिकरणमा जोडिएपछि त्यस गाउँका नागरिकहरु धेरै खुसी भएका छन् ।