
Jsbus
Ssbus
dsbus
Ddhbs
Ratbs
gms
Bksbus5
Amb
Rbs
Pbu
Gsbus
Gsl
Csbus
Nssbus7

Ssm
Bbu
Asm
nsb
Tsm
Sls
Vor
Gst
Pvg
Hal
Sbs
Ksm
Bbbpu
Rgu
Rsb
Wsp
Rgs
Rgu
Ggd

Bml
Syp
Rmb
Gsb
bbt
Jmb
Rpp
Jmb
sab
Mks
Pls
Abd
Ptm
चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले( कोभिड १९) बिश्वब्यापी रुपमा आफ्नो सन्जाल फैलाइरहे पनि बिस्वका सबै मुलुकहरु अहिलेसम्म त्यस्को रोकथाममा कामयाबी हुन सकिरहेको स्थिती छैन । यतिखेर बिश्वका ब्यस्त रहने शहरहरुसमेत प्रत्यक्ष वा परोक्ष रुपमा बन्दको अबस्थामा छन। मानिसको उपस्थिति सडक, बजार तथा ब्यापारिक ठाउहरुमा नगन्य मात्रामा देखिन्छ । बिभिन्न देशले आ आफ्नै रणनिती मुताबिक ब्यक्तिहरु बीचमा भौतिक दुरि कायम गर्ने, कुनै प्रान्त वा देसलाइ नै लक गर्ने, शिल गर्ने, कर्फ्यु लगाउने वा देसमा नै संकटकाल घोषणा गर्ने जस्ता उपायहरु अबलम्बन गर्ने गरेको देखिदैछ।
बिश्वब्यापिकरणको यो युगमा कोरोनाको कहरबाट नेपाल समेत अछुतो रहन सक्ने छैन। दिनानुदिन संक्रमितको संख्या बढिरहेको छ ।
नेपाल सरकारले बिगत २ महिनादेखी मुलुकभर लकडाउन गरेको छ। यद्यपि यो बिचमा समेत नेपाली नागरिकहरु तथा ब्यक्तिहरु खुला सिमानाको फाइदा उठाउदै नेपाल प्रबेश गर्ने तथा यो वा त्यो बहनामा देशको एक भुभाग देखि अर्को भुभागमा यात्रा गरेको देखिन्छ । यसले झन संक्रमणको दर ह्वात्तै बढाउने हो कि भन्ने चिन्ता आम नागरिकमा रहेको पाइन्छ ।
सरकारले लकडाउनलाइ कडाइ गरे तापनि केही ब्यक्तिहरुले आफ्नो पद तथा ओहदाको फाइदा उठाउदै एक ठाउबाट अर्को ठाउमा सजिलै यात्रा गरेको अबस्था छ । यस्तो विषम परिस्थितिमा पनि “अरुलाइ पो लाग्ने हो मलाइ के लाग्ला र ” भन्ने जस्तो मानशिकता कसैले बोकेको छ भने त्यो उसैलाइ नै घातक हुने पक्का छ । यस्तो विषम परिस्थितिको सामना गर्न राष्ट्रिय रुपमै हातेमालो गरि अगाडि बढ्नुको बिकल्प छैन ।
कोरोना भाइरसको कुनै औषधि वा भ्याक्सिन पत्ता नलागिसकेको बर्तमान अबस्थामा लकडाउनको पुर्ण पालना गर्ने, अन्तरास्ट्रिय सिमाना पुर्णत शिल गर्ने,अन्य देसमा फसेका आफ्ना नागरिकलाइ उतैको सरकार सङ्ग समन्वय गरि उतै राख्ने ब्यबस्था मिलाउने , उचित खाना, उपचार र बासको लागि नेपालबाटै टोलि खटाउने, आन्तरिक तथा बाह्य हवाइ सन्जाल पुर्ण रुपमा बन्द गर्ने, एक प्रदेश वा जिल्लाबाट अर्को प्रदेश वा जिल्लामा आबतजावतमा कडाइ गर्ने, संक्रमीत भेटिएको घर वा ठाउँ शिल गर्ने, संक्रमितलाइ उपचारको ब्यबस्था गर्ने, आक्रान्त जनजिवनलाइ सम्बोधन गर्न माइकिङ गर्ने, जनचेतनाका कार्यक्रमहरु सन्चारमाध्यम मार्फत सम्प्रेषण गर्ने, गाउँ, टोल, शहर तथा चोकहरुमा प्रहरीको समन्वयमा पेट्रोलिङ गर्ने जस्ता उपायहरु अबलम्बन गरिएमा संक्रमितको संख्यामा केही कमि ल्याउन सकिने देखिन्छ ।तर पनि हामी नेपाली वीर गोर्खाली भनेर बिहान, बेलुका लखर, लखर हिड्ने, लकडाउनको उल्लंघन गर्ने,यो वा त्यो बहनामा सडक, चोक, गल्ली, गाउमा कुद्ने, भौतिक दुरि कायम नगर्ने, सरसफाइमा ध्यान नदिने, यो त सरकारको लागि मात्र हो, हाम्रो लागि हैन भन्ने जस्तो गर्ने हो भने हामी नेपाली जति नै बीर भएनी यो महामारिबाट उम्किन गाह्रो नै पर्ने देखिन्छ ।
नेपालको अर्थतन्त्रको प्रकृति मुलत: बिप्रेषण र आयातमा प्राप्त हुने राजस्वमा आधारित छ । आन्तरिक राजस्वको अर्थतन्त्रमा केही हिस्सा रहेपनी देशको अर्थतन्त्र धान्ने भनेकै बिप्रेषण र भन्सारमा आधारित राजस्वले नै हो। कुल गाहस्थ उत्पादनमा (GDP ) आधा भन्दा बढी योगदान यिनै क्षेत्रको रहेको अबस्था छ । बर्तमान भुमन्डलिकरण तथा उदारिकरणको अबस्थामा नेपालका जनशक्तीले बिदेशमा आफ्नो श्रम बेचिरहेका छन । तिनिहरुकै योगदानबाट प्राप्त बिप्रेषणबाट देसको अर्थतन्त्र चलायमान हुँदै आएको छ । बिदेसी मुद्राको सन्चिती, भुक्तानी सन्तुलनमा यसले ठूलो भुमिका खेल्दै आएको छ । अर्को तर्फ बिदेसी मुद्राको सन्चितिले गर्दा नै बिभिन्ना देशसङ्ग अन्तरास्ट्रिय व्यापार सम्भव भएको छ । आयातको तुलनामा निर्यात नगन्य रहेको बर्तमान अबस्थामा भन्सारमा आधारित राजस्वको प्राप्ती यहि अन्तर्राष्ट्रिय ब्यापारबाट सम्भव भएको देखिन्छ ।
बिस्वस्तर नै कोभिड १९ बाट प्रताडित भैरहेको बर्तमान अबस्थामा बिदेसमा रहेका नेपालिहरुले आफ्नो काम गुमाउने, चाहेर पनि श्रम बेच्न नपाउने तथा बिदेसि कम्पनिहरु भटाभट बन्द हुने अबस्था देखा पर्दैछ । यस्तो अबस्थामा नेपालीहरु आफ्नो देस फर्कने अबस्था आउँछ जसले अर्थतन्त्रमा पार्ने दुरगामी असर आकलन गर्न नसकिने खालको हुन सक्नेछ ।
स्वदेश फर्कने नेपालिलाइ कसरी ब्यबस्थापन गर्ने, गुमेको बिप्रेषणको बिकल्प के हुने, बिदेसी मुद्राको सन्चिती कसरी बढाउने तथा भुक्तानी सन्तुलन कसरी कायम गर्ने भन्ने चुनौतीले अब अर्थबिज्ञहरुको टाउको दुखाइ हुने निश्चित छ । यति मात्र हैन, बिदेशी मुद्राको सन्चिती नहुदा चाहेर पनि अति अत्याबश्यकिय सामाग्रीको आयात गर्न नसक्ने अबस्था बन्न सक्नेछ। बेलामै त्यसतर्फ ध्यान दिइएन भने गरिबी तथा बेरोजगारी बढ्ने, भोकमरी तथा कुपोषण बढ्ने, कोभिड १९ को कारणले भन्दा अन्य रोगले नै मानिसको मृत्यु हुन सक्ने सम्भावना उत्तिकै प्रबल हुन्छ ।
जहाँ समस्या त्यहा उपाय भन्ने उक्तिलाइ मध्यनजर गर्दै नेपाल सरकारले आउन सक्ने अर्को बिपतलाई समयमै ध्यान दिई त्ससतर्फका रणनितिक उपाय, योजना तथा कार्यक्रमहरु बेलैमै सुरु गर्नुपर्ने देखिन्छ।भोलि बिदेसबाट फिर्ता हुने जनशक्तिलाइ कुन क्षेत्रमा खपत गर्ने हो आजै दिर्घकालिन योजना सहित रणनिती तयार गर्ने,रोगले भन्दा भोकले मर्ने स्थिती आउन नदिन आजै बाट गाउबस्ती, कान्ला, गरा तथा प्लटिङ भएका तर घर नबनेका जग्गामा ब्यबसायिक खेती गर्न सुरु गर्ने, किसानहरुलाई राहत प्याकेज घोषणा गरि ब्याबसायिक खेतिको लागि आबस्यक बीउबिजन,उपकरण सामाग्री तथा किटनाशक औषधिको ब्यबस्था गर्ने, निर्यात मुलक उद्योगलाई राहत दिई सुचारु गर्ने (जसबाट बिदेसी मुद्रा आर्जन हुन सकोस), तुलनात्मक तथा प्रतिश्पर्धात्मक क्षेत्रको बिकास तथा बिस्तार गरि अन्तरास्ट्रिय बजारमा बिक्री गर्ने, कृषि क्षेत्रको आधुनिकिकरण, ब्यबसायिकरण तथा बिस्तारिकरण सहित प्रतिश्पर्धी तुलाउने, दुर्लभ जडिबुटिको ब्याबसायिक खेती गर्ने तथा त्यस्ता जडिबुटिलाइ निर्यात गरि बिदेशी मुद्रा आर्जन गर्ने जस्ता अल्पकालिन तथा दिर्घकालिन उपायको अबलम्बन गर्न सकेमा केही मात्रामा भएपनी नेपाली अर्थतन्त्र चलयमान हुने देखिन्छ। अन्यथा परनिर्भरता बढ्दै जाने, अर्थतन्त्रको बाटो नै मडारिने, देसको समग्र समृद्धि र बिकासमा नकरात्मक असर पर्ने निश्चित्प्राय छ ।
लेखक नेपाल सरकारको राजश्व प्रशासन अन्तर्गत रहेर बिगत दस बर्षदेखी काम गर्दै आउनुभएको छ ।
