
Nsb
Ksb
jsb
Gsb
Rks
Csb
Bsn
Usb
Ssb
Ssb
Tgp
Rsb
Ppu
Fmb
Ksb
Ksb

Tsb
Gsb
Usb
Ssb
Hl1

Nps
Rgu
ptl
बाँके । बाँकेमा पत्रकारको परिचयपत्र बोकेर लागुऔषध कारोबार गर्दै आएका दुई जना भारतीय नागरिक सहित तीन जना व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दिल्ली क्राइम नेशनल न्युज पेपर,भ्रष्टाचार विरोधी मोर्चाको परिचयपत्र बोकी जमुनाह नाकामा सहज रुपमा आवत जावत गर्दै आएका सलमान खान सहित उनीहरु ४३ ग्राम ब्राउनसुगरसहित नेपालगन्जवाट पक्राउ परेका हुन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय,बाँकेका डीएसपी एवं प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्ज १२ कोरीयनपुरमा कोठा भाडा लिएर बसेका मुस्तकिम सिद्धिकीको कोठामा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
त्यस्तै पक्राउ पर्नेमा भारत उत्तरप्रदेश जिल्ला बहराइच बस्ने बर्ष २८ को मो.सलमान खान, भारतको लखनउका २८ वर्षका मुस्तकिम सिद्धिकी र नेपालगञ्ज १६ का २२ वर्षीय आजाद कवडिया रहेको प्रवक्ता न्यौपानेले जानकारी दिए । पक्राउ परेका मुस्तकिम नेपालगञ्जको एकलैनी स्थित सुनपसलमा काम गर्ने भएकोले कोठा भाडामा लिएर बस्ने गरेको बताईएको छ ।
यसैगरी मुस्तकिम र सलमानले पत्रकारको भेषमा भारतवाट लागु औषध नेपालमा ल्याउने र नेपालमा आजाद कवडीयाले बिक्रि गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । उनीहरुले भारतमा प्रतिग्राम एक हजार पाँच सयमा खरिद गरी नेपालमा तीन देखि खरिद गरी नेपालमा तीन देखि चार हजारसम्ममा बिक्री गर्ने गरेको पाईएको छ । प्रहरीले उनीहरुको कोठाबाट नोटबुक लेखेको ब्राउनसुगर तौलिने डिजिटल तराजु र मोवाईल सेट समेत बरामद गरेको छ ।
