
Gisld
Pbu
Rbs
Sds
mbd
Mbdvs

Hal
Rgu
Bbbpu
Ssm
Sbs
Sls
Rgs
Vor
Rgu
Rsb
Asm
Pvg
Wsp
Ggd
Ksm
Bbu
nsb
Gst
Tsm

Gsb
Ptm
Abd
Bml
Rmb
Syp
sab
Jmb
Jmb
Mks
Pls
bbt
Rpp
कपिलवस्तु । कपिलवस्तुमा वन्यजन्तुको चोरी शिकारी बढेको छ । पछिल्लो तिन महिना यता कपिलवस्तुमा ६ वटा निलगाई मृत भेटीएका छन । बन्दाबन्दी शुरू भएपछि संरक्षित वन वन्यजन्तुको शिकार गर्ने क्रम बढेको एक तथ्यंकले देखाएको छ ।
आइतबार कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ९ शिवभारी गाँउको खेतमा वयस्त एक निलगाई मृत भटिएको थिया । योसंगै मृत निलगाईको संख्या ६ पुगेको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुले जनाएको छ ।
२०७६ को फागुन १३ गते महाराजगंज नगरपालिका वडा नं ५ पण्डीतडिहवा एक निलगाई, चैत्र ३ गते महाराजगंज नगरपालिका वडा नं ७ कुशहवामा एक मृत निलगाई फेला परेको थियो । त्यस्तै चैत्र १५ गते शिवराज नगरपालिका ७ गडगौडामा एक मृत निलगाई फेला परेको हो ।
यसैविच २०७७ सुरु भएपछी वैशाख ९ गते महाराजजगंज नगरपालिका वडा नं ७ कुशहवामा एक , वैशाख १५ गते कृष्णनगर नगरपालिका वडा नं ८ लोहरौलामा एक निलगाई मृत भेटीएको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन बन अधिकृत दुर्गा बहादुर कार्कीले जानकारी दिनु भयो ।
कपिलवस्तुको वनका कर्मचारी सुरुको आवस्थामा सरकारले लागु गरेको लकडाउनको निर्देशनको पालन गर्दा वन तस्करहरु सक्रिय भएकोले वन्यजन्तु र काठ चोरी निकास बढेको छ । वन क्षेत्रमा वन रक्षक र प्रहरी परिचालन गरिएको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका वन अधिकृत एजाज अन्सारीले बताउनु भयो । मृत भेटिएका निलगाईलाई गौतमबुद्ध डिभिजन वन कार्यालय नजिकै खडल खनी गाडीएको वन अधिकृत अन्सारीले बताउनु भयो ।
बन्दाबन्दी भएपछि वन कर्मचारी बहिरा ननिस्कीएपछि शिकार गर्नेहरुले मौका निकालेर वन्यजन्तुको शिकारका लागि गएको पाइएको छ । वन्यजन्तु चोरी सिकाई गरेको प्रमाणित भए वन्य जन्तु संरक्षण ऐन २०२९ बमोजिम कार्वाही हुनेछ । कसैको कसुर प्रमाणित भए ६ महिना देखी १५ बर्ष सम्म कैद र १० हजार देखी १० लाख सम्म जरिवान तिर्ने वन्य जन्तु संरक्षण ऐन २०२९ मा व्यवस्था गरिएको छ ।
