सनिउल्ला धोेबी मंगलबार, बैशाख ३०, २०७७

कपिलवस्तु । कपिलवस्तुमा वन्यजन्तुको चोरी शिकारी बढेको छ । पछिल्लो तिन महिना यता कपिलवस्तुमा ६ वटा निलगाई मृत भेटीएका छन । बन्दाबन्दी शुरू भएपछि संरक्षित वन वन्यजन्तुको शिकार गर्ने क्रम बढेको एक तथ्यंकले देखाएको छ ।
आइतबार कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ९ शिवभारी गाँउको खेतमा वयस्त एक निलगाई मृत भटिएको थिया । योसंगै मृत निलगाईको संख्या ६ पुगेको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुले जनाएको छ ।
२०७६ को फागुन १३ गते महाराजगंज नगरपालिका वडा नं ५ पण्डीतडिहवा एक निलगाई, चैत्र ३ गते महाराजगंज नगरपालिका वडा नं ७ कुशहवामा एक मृत निलगाई फेला परेको थियो । त्यस्तै चैत्र १५ गते शिवराज नगरपालिका ७ गडगौडामा एक मृत निलगाई फेला परेको हो ।
यसैविच २०७७ सुरु भएपछी वैशाख ९ गते महाराजजगंज नगरपालिका वडा नं ७ कुशहवामा एक , वैशाख १५ गते कृष्णनगर नगरपालिका वडा नं ८ लोहरौलामा एक निलगाई मृत भेटीएको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन बन अधिकृत दुर्गा बहादुर कार्कीले जानकारी दिनु भयो ।
कपिलवस्तुको वनका कर्मचारी सुरुको आवस्थामा सरकारले लागु गरेको लकडाउनको निर्देशनको पालन गर्दा वन तस्करहरु सक्रिय भएकोले वन्यजन्तु र काठ चोरी निकास बढेको छ । वन क्षेत्रमा वन रक्षक र प्रहरी परिचालन गरिएको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका वन अधिकृत एजाज अन्सारीले बताउनु भयो । मृत भेटिएका निलगाईलाई गौतमबुद्ध डिभिजन वन कार्यालय नजिकै खडल खनी गाडीएको वन अधिकृत अन्सारीले बताउनु भयो ।
बन्दाबन्दी भएपछि वन कर्मचारी बहिरा ननिस्कीएपछि शिकार गर्नेहरुले मौका निकालेर वन्यजन्तुको शिकारका लागि गएको पाइएको छ । वन्यजन्तु चोरी सिकाई गरेको प्रमाणित भए वन्य जन्तु संरक्षण ऐन २०२९ बमोजिम कार्वाही हुनेछ । कसैको कसुर प्रमाणित भए ६ महिना देखी १५ बर्ष सम्म कैद र १० हजार देखी १० लाख सम्म जरिवान तिर्ने वन्य जन्तु संरक्षण ऐन २०२९ मा व्यवस्था गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]