दाङ । लागू पदार्थ दुर्व्यसन,मनोसामाजिक समस्याको पहिचान एबं कोभिड संक्रमण नियन्त्रणका लागि सरोकारवालाहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार दाङको तुलसीपुरमा सम्पन्न भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडा कार्यालयको कार्यबाहक अध्यक्ष धर्मा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जनप्रतिनिधिहरु,विद्यालयका प्र.अ.हरु,सुरक्षाकर्मी, टोल बिकास संस्थाका अध्यक्षहरु,महिला स्वास्थ्य स्वयं सेबिकाहरु गरि जम्मा ४० जना र केही विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
तुलसिपुरमा मेला महोत्सब सम्पन्न भए लगत्तै कोभिड संक्रमण तिब्रगतिमा बढिरहेको बेला यो कार्यक्रमले समुदायमा केही सजगता र थप सावधानी अपनाउन आवस्यक सहयोग रहने बिश्वास गरिएको छ । कार्यक्रमको सहयोगि संस्था नयाँ पाईला पुनर्स्थापना केन्द्रका प्रमुख सल्लाहकार एबं कार्यक्रमको प्रमुख अतिथि शुष्मा शर्मा गिरिले कोभिड संक्रमण लगायत हरेक अवस्थामा समुदायमा देखिने गरेका मनोसामाजिक समस्या र लागु पदार्थ दुर्व्यसनको मुल कारण बुझेर समस्याको समाधान खोज्नुपर्ने र यसका लागि अभिभावक र सरोकारवालाहरुको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका सहजकर्ता एबं काउन्सेलर शैलेश शर्माले मनोसामाजिक समस्याका लक्षणहरु बताउदै समुदाय स्तरमै यसको पहिचान गर्न सकिने र लागू पदार्थ दुर्व्यसन न्युनिकरणमा परिवारको महत्त्वपूर्ण भुमिका रहने बारे बयान गर्नु भयो । यसैबिच दुर्व्यसनले HIV AIDS को समस्या पनि आउने गरेको भन्दै NDC बाट आमन्त्रित भगती पुरिले पनि सहजिकरण गर्नु भयो । स्वास्थ्य चौकिबाट प्रदान गरिने सेवा प्रवाह र अवस्थाका बारेमा सि.अहेव घन बहादुर बस्नेत र ल्या.अ.जीवन श्रेष्ठ नेपालीले समय लिनु भएको थियो । गुणस्तरिय स्वास्थ्य सेवा प्रबाह र संस्थाप्रती समुदायको बिश्वास एबं अपनत्व स्थापित गर्न सल्लाह सुझावहरु पनि लिईएको थियो ।
कार्यक्रममा वडा सदस्य देउकली नेपाली, प्र.अ. सुर्य बहादुर बस्नेत,टोल बिकासका अध्यक्ष नन्दराम रोका,स्वयं सेविका शारदा केसी, बालबालिकाहरु चाँदनी सिँजाली र बिद्दा सागर पार्धे लगायतले बोल्नु भएको थियो । कोभिड संक्रमणका बिषयमा सहजीकरण एबं कार्यक्रमको संचालन हे.अ.यज्ञ केसीबाट भएको थियो ।
त्यस्तै कार्यक्रमका लागि अनुरोधलाई स्विकार गरि आवस्यक सहयोग गर्नु हुने नयाँ पाईला पुनर्स्थापना केन्द्रका डाइरेक्टर शुरेश भुसाल सर,कार्यक्रम स्थल व्यबस्थापनमा सहयोग गर्नु हुने प्रअ गोपाल खड्का ज्यु र नबजागरण मा.बि.परिवार, आवस्यक सल्लाह प्रदान गर्नुहुने वडा सदस्य केसर बहादुर पुन लगायत महत्त्वपूर्ण समय प्रदान गर्नु हुने उपस्थित सबै महानुभाव हरुलाई बिजौरी स्वास्थ्य चौकिले विशेष आभार प्रकट गरेको छ । यसैगरी आगामी दिनहरुमा पनि सोही अनुसार सक्रिय सहभागिता र सहयोग गर्न स्वास्थ्य चौकीले अनुरोध गरेको छ ।