
Jsbg-7
Csbg-7
Rksr-7
ksbl-7
Pbu
Usbl-7
Msbg-2
jsbr-3
Gsbr-6
Gsbg-3


काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन आउँदो फागुन ११ गते हुने भएको छ। तुलसीलाल स्मृति प्रतिष्ठान,च्यासलमा बसेको राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कार्यालय कमिटीको तेस्रो पूर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन फागुन ११ गते गर्ने निर्णय गरेको हो।
त्यस्तै महाधिवेशन तयारीका लागि पौष २८ र २९ गते केन्द्रीय सचिवालयको बैठक पोखरामा हुने भएको छ । बैठकले माघ ७ गते ६७४३ वटै वडा अधिवेशन, माघ १५ गते ७५३ वटै पालिका र ७४ वटै अन्तर जिल्ला अधिवेशन, २०७८ माघ २२ गते ७७ वटै जिल्ला अधिवेशन, २९ गते ७ वटै भौगोलिक प्रदेश र अन्तर जिल्ला विशेष प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ।
यस्तै एमालेले १० औं महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण गरेको हो। पार्टी केन्द्रीय कमिटीको बैठकले फागुन मसान्तभित्र सबै जनसंगठनका राष्ट्रिय सम्मेलन /अधिवेशन आयोजना गर्न निर्देशन दिएको थियो।
