Sidha Patra सोमबार, पौष १९, २०७८

दाङ । घोराही कारागारबाट कैदी भागेको प्रकरणमा अदालतले प्रहरी जवान सहित दुुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस हिमलाल बेल्वासेको एकल इजलासले कैदी भगाउन सहयोग गरेको भन्दै प्रहरी जवान धनबहादुर चौधरी र उनिहरु सँग होटलमा गएकी तुलसीपुर उपमहानगरपालिका ३ की समी चौधरीलाई पुुर्पक्षका लागि कारागार चलान गरेको हो ।

त्यस्तै सोमबार भएको थुनछेक बहसमा कारागारका सुरक्षा इन्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरीलाई १० हजार र प्रहरी हवल्दार गणेशकुुमार थारुलाई ५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । त्यसैगरी, थकाली भान्साघरका सञ्चालक घोराहीका सौजन्य खनाल र घोराही १६ की विपशा चौधरी साधारण तारेखमा छुुटेका छन् । पक्राउ परेकाहरु बिरुद्ध कैदी भागे भगाएको शिर्षकमा मुुद्धा दायर भएको थियो । कारागारका जेलर युवराज परियार गत शुुक्रबार नै छुटिसकेका थिए । कारागार बिभागले जेलरलाई पक्राउ नगर्नुु भन्ने निर्देशन दिएपछि केही दिन हिरासतमा बसेको परियारलाई प्रहरीले छोडेको थियो ।

यही पुुस ७ गते कारागारका नाईके रहेका यामराज परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले कारागारबाट अस्पताल लगेका थिए । तर उनिहरु अस्पताल नगई दुुई जना युुवती लिएर होटलमा गएको र उतैबाट कैदी परियार भागेका थिए । परियारको खोजी कार्य जारी रहेको भए पनि अझै फेला पर्न नसकेको प्रहरीले बताएको छ । भागेका कैदी परियार भारत पसेको प्रहरीको अनुुमान छ । मिलेमतो मै कैदी भगाएको प्रहरीको निष्कर्ष रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]