
Usb
Rks
Csb
Ssb
Gsb
jsb
Bsn
Ppu
Fmb
Ksb
Tgp
Ksb
Nsb
Ssb
Ksb
Rsb

Ssb
Tsb
Hl1
Usb
Gsb

Nps
ptl
Rgu
बर्दिया । राष्ट्रिय निकुञ्जको सीमासँग जोडिएको मध्यवर्ती क्षेत्रमा राखिएको क्यामेरा चोरी भएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले एक थान ट्रयापिङ क्यामेरा चोरी भएको जानकारी दिए ।
‘चोरी गर्ने मानिसलाई पक्राउ गर्न समस्या हुने भएकोले अहिले हराएको स्थानको नाम दिन मिल्दैन,’ उनले भने, ‘क्यामेरा चोर पत्ता लगाउन स्काई क्यामेरा प्रयोग गरेर अनुुसन्धान अगाडि बढाएका छौं ।’
यस अघि चितवनमा भएको गणनामा प्रयोग भएका पाँच थान क्यामेरा चोरी भएका थिए । पाटे बाघ गणनामा सात सय वटा ग्रीडमा सात सय २० वटा स्वचालित क्यामेरा राखिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार एउटा ग्रीडमा कम्तिमा १५ देखि २१ दिनसम्म क्यामेरा ट्रयाप राखिएको छ । अहिले बाँके र बर्दियामा एकै साथ पाटे बाघको गणना चलिरहेको छ । बाघ गणना निकुञ्ज, मध्यवर्ती क्षेत्र, खाता जैविक मार्ग र आसपासका जंगलमा भइरहेको छ । नौ सय ६८ वर्ग किमी क्षेत्रफल रहेको बर्दिया निकुञ्जको चुरे पहाडको बबई उपत्यकामा बाघको बासस्थान बन्दै गएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभाग, विश्व वन्यजन्तु संरक्षण कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना र चोरी सिकारी नियन्त्रण युवा अभियानबाट संयुक्तरुपमा प्राविधिक टोलीले गणना गरिरहेका छन् । निकुञ्जबाहेक खाता जैविक मार्ग, आसपासका क्षेत्र र कैलालीको छतिवन क्षेत्रबाट पनि बाघको गणना हुँदै आएको छ ।
