सिधा-पत्र/क्राईमबिट सोमबार, पुष १९, २०७८

काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी तथा महानगरीय अपराध महाशाखाका एसएसपी हेरफेरको तयारी थालेको छ । एक वर्षको अवधि पुगेकाले हेरफेर गर्न लागिएको हो ।

महानगरीय प्रहरी कार्यालयका एआइजी हरि पालको अवधि करिब १३ महिना भइसकेको छ । गत वर्ष मंसिरमा उनको मेट्रोमा सरुवा भएको थियो।

केपी ओली सरकारले गत असारमा उनलाई प्रहरी प्रधान कार्यालय सरुवा गरेपनि लगत्तै शेरबहादुर देउवा सरकार आएपछि उनको सरुवा रद्द भएको थियो । कलेजदेखिका साथी बालकृष्ण खाण गृहमन्त्री भएकाले उनको सरुवा रोकिदिएका थिए । तर, पछिल्लो समय गृहमन्त्री खाण र एआइजी पालबीचको व्यक्तिगत सम्बन्ध बिग्रिएको छ ।

तीन जना भारतीयलाई पक्राउ गरी गोप्य रुपमा भारतलाई बुझाएको पाइएपछि एआइजी पाल झन् समस्यामा छन् । सो प्रकरणमा गृह मन्त्रालयले उनलाई कारबाहीको प्रयास गरेपनि बालुवाटारको दबाबमा कारबाही रोकिएको छ । बालुवाटारकै शक्तिमा बैशाखसम्म मेट्रोमै रहने पालको चाहना भएपछि गृहमन्त्री उनलाई हटाउने पक्षमा छन् ।

मेट्रोमा सरुवा हुन चाहने एआइजीको लबिङ नहुँदा पनि छिटो हेरफेर नभएको हो । अन्य चार एआइजीमध्ये विश्वराज पोखरेलले मेट्रोको कमाण्ड गरिसकेका छन् । अर्का एआइजी सहकुलबहादुर थापा आगामी बैशाखमा आइजिपीको लागि लबिङमा छन् । अर्काेतर्फ थापा एमाले निकट भनेर चिनिएकाले पनि उनको सम्भावना न्यून छ । एआइजीद्वय प्रद्युम्न कार्की र निरजबहादुर शाही सरुवाका लागि नेताका नधाउने प्रहरी अधिकृत भएकाले एक वर्ष अवधि पुगेपनि पालको मेट्रोबाट सरुवा नभएको हो ।

त्यस्तै, अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङको पनि करिब ११ महिना पुगेको छ । गत वर्ष फागुनमा उनको महाशाखामा सरुवा भएको थियो । ओली सरकारले नै उनलाई त्यहाँ सरुवा गरेको भएपनि उनलाई हालसम्म हटाइएको छैन । उनकोउनको हुन्डी कारोबारी तथा केही गुन्डा नाइकेसँग साँठगाँठ देखिएको सूचना गृह मन्त्रालयमा पुगेको छ । दरबारमार्ग वृत्तमा पनि हुँदा गुन्डा नाइकेलाई सघाएको खुलेपछि उनीमाथि कारबाही भएको थियो । अहिले पनि केही गुन्डा नाइकेसँग उनको दोस्ती छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]