Sidha Patra सोमबार, पौष १९, २०७८

जाजरकोट । जुवा खेल्दै गरेकाे अवस्थामा निमित्त प्रशासकीय अधिकृत र वडा अध्यक्ष सहित १२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

त्यस्तै पक्राउ पर्नेहरुमा भेरी नगरपालिकाका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र सोही नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष शशी बुढा,भेरी नगरपालिका ३ बस्ने ३० वर्षिय बालकृष्ण बुढाथोकी, सो नगरपालिका ५ बस्ने ४२ वर्षिय दल बहादुर घर्ती, वडा नम्बर ४ बस्ने ४६ वर्षिय प्रचण्ड जंग शाह, वडा नम्बर ८ बस्ने २५ वर्षिय जिवन खत्री, साेहि ठाउका २७ वर्षिय प्रभात केसी, वडा नम्बर ४ बस्ने ३३ वर्षिय सन्तोष श्रेष्ठ, बस्ने २७ वर्षिय निराजन भडेल, वडा नम्बर ५ बस्ने ३६ वर्षिय प्रकाशमान सिंह, वडा नम्बर १० बस्ने ३६ वर्षिय प्रशुराम गिरी, छेडागाड ननगरपालिका १३ बस्ने ४२ वर्षिय कर्ण बहादुर खड्का, कुशे गाउँपालिका ९ बस्ने ४८ वर्षिय दिकपाल आर.सी, रुकुम पश्चिम चौरजहारी नगरपालिका ६ बस्ने २० वर्षिय बिकास विक रहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

शनिबार राति करिब ३ बजेको समयमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीकाे कमान्डमा खटिएको टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा रंगेहात २ लाख ५२ हजार १ सय २० नगद सहित दुई गड्डी तास र १३ थान मोबाइल बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी दिनु भयो ।

उनिहरुले नगद बाहेक माेबाइल बैंककिङ मार्फत पनि लेनदेन गरेकाे अनुसन्धानबाट खुल्न आएकाेले के कति रकम प्रयाेग भयाे अनुसन्धानमै रहेकाले एकिन नभएकाे र अनुसन्धानपछि खुलाइने प्रहरी नायव उपरीक्षक थापाले बताउनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]