
Lnp
Ggp
Ggp
Sdc
Ksbus
Ksbus
Msbus
Asbus
Rgp


दाङ । राप्ती साहित्य परिषद्काे केन्द्रीय अध्यक्षमा वरिष्ठ साहित्यकार टीकाराम उदासी चयन भएका छन् । परिषद्काे आज शनिबार सम्पन्न चाैधाैँ अधिवेशनबाट साहित्यकार उदासी अध्यक्षमा चयन भएका हुन् ।
परिषद्काे वरिष्ठ उपाध्यक्षमा कमलमणि देवकाेटा सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा दीपक शर्मा समीर, कविता उपाध्याय, विमला खनाल, प्रविण भण्डारी, मनलाल वली, कमानसिं विष्ट चयन भएका छन् ।
परिषद्काे महासचिवमा रमेश सुवेदी, सचिवमा आदिम के.सी. र काेषाध्यक्षमा खेमराज मल्ल चयन भएका छन् । त्यस्तै सदस्यमा छविलाल काेपिला, गाेपाल भुसाल अभिलाषी, सरीता देवकाेटा, इन्द्र भण्डारी अङ्कित, सरीता चलाउने, माहनसिंह घर्ती मगर, सिर्जना शर्मा, ओम बहादुर खत्री, पूर्णबहादुर वली, ओम पन्छी, गीता निर्दाेषी, नारायण रेग्मी जिज्ञासु, जमुना गाैतम, शिवकुमार शाही, गाेविन्द पुन गिरीष, देवेन्द्रकुमार रिजाल र नवराज शर्मा, शान्ता गिरी रहेका छन् । निर्वाचन अध्यक्ष मण्डलमा डा. अमर गिरी, सुशील गाैतम र डि.बि. टुहुराे रहेका थिए ।
