सनिउल्ला धोबी आइतबार, बैशाख २८, २०७७

कपिलवस्तु । नेपाली काँग्रेस कपिलवस्तुका सभापती तथा पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यले सिमानामा अलपत्र नेपालीहरुको समस्या तत्काल समाधानका लागि नेपाल सरकार समक्ष आग्रह गरेका छन ।
एक प्रेस विज्ञप्ती जारी गर्दै उनले आफनै मात्रृभुमी प्रवेश गर्नका लागि कति प्रक्रिया खोजेको भन्दै तत्काल नेपालीहरुलाई उचित व्यस्थापन गर्नु पर्ने उनको भनाई छ । कपिलवस्तुको सिमानाका तथा दशगजामा १३ सय नेपालीहरु अलपत्र परेकोले व्यस्थापन गर्ने निकाय गैरजिम्मेवार बन्नु दुखद भएको बिज्ञप्तिमा भनिएको छ ।
आचार्यले कपिलवस्तुको क्वारेन्टाइनमा बसेको नेपालीलाई स्वाव परिक्षणका लागि किटको अभाव भएकोले यथाशिघ्र किटको व्यस्थापन गर्नुपर्ने संघ र प्रदेश सरकारसगं माग समेत गरे । उनले समुदायलाई कोरोनाबाट बचाउन सबैसँग आग्रह समेत गरेका छन । भारतबाट लुकिछिपी आउने नेपाली नागरिकका क्वारेन्टिनमा राख्न स्थानिय तहलाई उनको आग्रह छ । नेता आचार्यद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा सीमाको समस्या समाधानका लागि नेपाली काँग्रेस ऐक्यबद्ध रहेको पनि उल्लेख गरिएको छ । लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने सभापती आचार्यको धारणा छ ।
भारतबाट आएका नागरिकलाई अनिवार्य कोरोना परीक्षण गराउन समेत आचार्यले माग गरे । उनले जिल्लामा भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएका कारण परीक्षण गराएर मात्र घर जान उनले अपील पनि गरेका छन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]