
Sys
smb
gms
jms
Ppu
Ssbus
Gsbus

Ln1
Dps
Ln3
bmj
Ssb
Rys
kbs
Ln2
Gg5
Ln8
Asm
Gg1
Sbs
Tsb
Hl1
Ln9
Usb
Ln7
cks
bml

Gg6
Gg4
Ksb
Rgu
ptl
Snk
Gg2
Gg3
Rss
Sbs
Sml
Gjl
Sab
Bpb
Nps
Jpb
Jab
दाङ । घोराही कारागारबाट कैदी भागेपछि कारागारका जेलर र सुरक्षा प्रमुखलाई तानिएको छ । कर्तव्य ज्यान मुुद्धामा जन्मकैद सजाय पाएका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्श छ ।
त्यस्तै कारागारका जेलर युुवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुुख, प्रहरी निरीक्षक रुद्रबहादुर सेनठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको हो । छालाको उपचार गर्न भनि कारागारका नाईके कैदी परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले बुुधबार दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाईकलमा लिएर गएका थिए । तर उनिहरु अस्पताल नगई होटलमा पुुगेको र त्यहीबाट भागेका प्रहरीको भनाई छ । प्रहरी र कैदीले घोराहीकै थकाली होटलमा दुुई जना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको छ ।
उक्त घटनामा संलग्न भएका प्रहरी जवान सहित अनुसन्धानका लागि कारागारका कार्यालय सहयोगी, ती दुुई महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैदी परियारले प्रहरी जवानलाई होटलको कोठामा थुुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ ।
यस्तै भाग्न प्रयोग गरेको मोटरसाईकल लमही ६ बेलदमारको जंगलमा बिहिबार फेला परेको थियो । तर कैदी परियार भने अझै फेला परेका छैनन् । डिएसपी मुुकुुन्दप्रसाद रिजालको कमाण्डमा जिल्लामा र बाहिरबाट सिआईविको टोलीले समेत खोजी तथा अनुसन्धान भैरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
