दाङ । कृषि ब्यवसाय प्रवर्धनका लागि सरकारले पछिल्लो चरणमा ल्याएको पारिवारीक कृषि रणनीती अन्तर्गतको कार्यक्रम सबै किसानहरुका लागि उत्तम भएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनु भएको छ ।
गढवा गाउँपालिकाले कसैले पनि जग्गा बाझो राख्न नपाईने निर्णय गरेको छ । अबका दिनमा कृषि पाकेटको माध्यम मार्फत टाठा बाठालाई मात्र हैन सबै खाले किसानहरुलाई समेट्ने गरि पारिवारीक कृषि कार्यक्रमको अबधारणा अगाडी बढाउनुपर्ने उहाँले बताउनु भयो ।
किसानले खेति गरेको खण्डमा कोरोना महामारी मात्र हैन जस्तोसुकै बिपत्ति आइलागे पनि कोही भोकै बस्नु नपर्ने उहाँले बताउनुभयो । टुसा कृषि सहकारी संस्था गढवा–३ को आयोजना र नेपाल युथ फाउण्डेशनको आर्थिक सहयोगमा गढवा ५ को धर्मपुरमा बिगत १० दिन अघि आयोजना गरिएको तरकारी खेति तालिमको समापन गर्दै अध्यक्ष यादवले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै किसानहरुले परम्परागत ढंगले होइन प्रबिधिको प्रयोग गरि आधुनीक ढंगले तरकारी खेति गरेमा आत्मनिर्भर बन्न सकिने नेपाल युथ फाउण्डेसनका कार्यक्रम संयोजक पुरन चौधरीले बताउनु भयो । टुसा कृषि सहकारी संस्थाका अध्यक्ष कमला कुमारी थारु कुमालको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यका कार्यक्रम गरिएको हो । सो अवसरमा तालिममा सहभागि ३० जना कृषकहरुलाई ३० थान ड्रम,थोपा सिंचाईका लागि पाइप र ५० थान टनेल हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका कृषि शाखाका अधिकृत शिसिर रेग्मी,वडानं. छ का सचिव दिलीप आचार्य, जेटिए गणेश चौधरी र सहभागीहरु शान्ती चौधरी तथा सृजना चौधरी लगायतले बोल्नुभएको थियो । दश दिन सम्म संचालीत तरकारी खेतिको प्रयोगात्मक तालिम जेटिए गणेश चौधरी र सैद्धान्तीक गाउँपालिकाका कृषि अधिकृत शिसिर रेग्मीले प्रदान गर्नुभएको थियो । समापन कार्यक्रमको संचालन नेपाल युथ फाउण्डेशनका कार्यक्रम संयोजक पुरन चौधरलिे गर्नुभएको थियो ।