
gms
Rbs
Gsl
dsbus
Gsbus
Ssbus
Ddhbs
Jsbus
Csbus
Amb
Ratbs
Bksbus5
Pbu
Nssbus7

Rsb
Sls
Pvg
Tsm
Rgu
Hal
Vor
Bbu
Ksm
Rgu
nsb
Ssm
Wsp
Sbs
Bbbpu
Asm
Rgs
Ggd
Gst

Pls
Syp
Ptm
Rmb
Mks
Jmb
bbt
Bml
Abd
Jmb
Gsb
sab
Rpp
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन दाङमा आउन लाग्नु भएको छ । तुलसीपुरमा हुने आमसभा तथा अभिन्नदन कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिङदेन दाङ आउन लाग्नु भएको हो ।
यहीँ पुषको ८ गते बिहीबार बिहान ११ बजे तुलसीपुरको विपी चोकमा हुने राप्रपाले आयोजना गर्न लागेको आमसभा तथा अभिन्दन कार्यक्रमलाई सम्बोधन गर्न नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन आउन लागेको पार्टीका केन्द्रिय सदस्य दामोदर भण्डारीले जानकारी दिनु भयो ।
त्यस्तै एकता महाधिवेशनबाट अध्यक्षमा नवनिवार्चित भएपछि लिङदेन पहिलो पटक तुलसीपुरमा हुन लागेको कार्यक्रमलाई सम्बोधन गर्न आउन लाग्नु भएको छ । हाल देशमा भैरहेको समसामायिक परिस्थिती, भ्रष्टाचारले जडागाडी रहेको अवस्था, न्याय मरिरहेको अवस्थामा राप्रपा पार्टीले के गर्न सक्छ यावद विषयवस्तुलाई मध्यनजर गरेर सम्बोधन गर्ने कार्यक्रम रहेको भण्डारीले बताउनु भयो । साथै आफू निवार्चित भएपछि देशलाई कसरी अगाडी लैजान सकिन्छ, कसरी अगाडी बढ्दा देशका निमित्त अनुकुल वातावरण बन्छ भन्ने उद्देश्यले केन्द्रिय अध्यक्ष लिङदेनले खुला आमसभालाई सम्बोधन गर्न आउन लागेको उहाँले बताउनु भयो ।
यस्तै सोही दिन लुम्बिनी प्रदेशका नवनिर्वाचित कार्यसमितीलाई पदभार ग्रहण तथा सपथ खुवाउने कार्यक्रम गर्ने रहेको उहाँले बताउनु भयो। कार्यक्रम तुलसीपुरको मेट्रो पार्टी प्यालेसमा दिउँसो ४ बजे हुने छ । साथै पदभार ग्रहण तथा सपथ ग्रहण पश्चात लुम्बिनी प्रदेशको कार्यसमितीको बैठक बस्ने कार्यसूची रहेको छ ।
