दाङ । लमही खानेपानी तथा सरसफाइ संस्थाले लमही नगरपालिका वडा नम्बर ३ मज गाउँमा रहेकाे एक सामुदायिक विद्यालयलाई १ थान खानेपानी राख्ने टंकी हस्तान्तरण गरेकाे छ ।
संस्थाका सचिव सनम पौडेलले मंगलबार मजगाउँमा रहेको श्री बाल-तारा आधारभूत विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीलाई विद्यालयमा पुगेर १ थान खानेपानी राख्ने टंकी हस्तान्तरण गर्नु भएको हाे ।
उक्त विद्यालयमा खानेपानीका लागि टंकी अभाब भएको जनगुनासाे आएकाे भन्दै संस्थाले सहयाेग गरेको सचिव पौडेलले जानकारी दिनु भयो । संस्थाकाे वार्षिक कार्यक्रम अन्तरगत साे कार्य गरिएको हाे । टंकि पाएपछि विद्यालय परिवार खुसिले हर्सित भएको छ भने विद्यार्थीहरुमा पनि खानेपानीमा सहजता महसुस भएको सो विद्यालयमा अध्यनरत अजय चाैधरीले भने ।
यस अघि विद्यालयमा टंकी १ वटा मात्रै थियाे ।कहिलेकाहिँ त खानेपानी रित्तो हुने समस्या थियाे । अब टंकी आयाे यसले धेरै राहत भएको छ । हामी धेरै खुशी भएका छौं,चौधरीले भने । पानी राख्ने टंकी नहुँदा कहिलेकाहीँ त पानी नई नभएर समस्या हुने गर्दथ्याे । अत्यन्तै खुशी हुँदै चौधरीले भने,लमही खानेपानी संस्थाले टंकी दियाे हामी धेरै खुसि र हर्सित भएका छौं,संस्थालाई धन्यवाद छ ।