Sidha Patra मंगलबार, पौष ०६, २०७८

काठमाडौं । हिटर,कोइलाको प्रयोगबाट निस्सासिएर प्रत्यक वर्ष मानिसको मृत्यु हुने गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । १० वर्षको अवधिमा जाडो महिनामा बन्द कोठामा कोइला वा हिटर प्रयोग गर्दा निस्सासीएर २२ जनाको मृत्यु भएको छ ।

प्रहरीलाई प्राप्त भएको जानकारी अनुसार २०६७ सालदेखि २०७७ सालको अवधिमा १० जनाकोे जिवितै उद्दार गरिएको छ । १५ जनाको कोठा भित्र हिटर र कोइला बालेका कारण निस्सासीएर मृत्यु भएको र ७ जनाको ग्यास गिजरको प्रयोगबाट मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले जानकारी दिनुभयो ।

चिकित्सकहरूका अनुसार बन्द कोठामा कोइला बाल्दा रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने लगाएतका समस्या देखिन्छ । लामो समय सम्म यस्तो ठाउँमा बसेमा निसास्सिने, बेहोस हुने र मृत्यु हुने डाक्टरहरूको भनाइ छ ।

हावाको ओहोरदोहोर राम्ररी हुने कोठामा मात्रै कोइला तथा हिटर बाल्नु पर्ने जनाइएको छ । बाथरुममा ग्यासगिजर प्रयोग गर्दा मेसिनलाई खुला ठाउँमा जडान गर्ने तथा पाइपको माध्यमले तातो पानी बाथरुममा सम्म ल्याउन सकिने बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]