दाङ । दाङमा मानव अधिकारको अबस्थामा सुुधार आउन नसकेको इन्सेकले प्रतिबेदन सार्वजनिक गरेको छ ।
इन्सेक दाङले आज घोराहीमा आयोजना गरेको नेपाल मानब अधिकार बर्ष पुस्तक सन् २०२१ को घटना बिबरणको समिक्षा कार्यक्रममा गतबर्षको तुलनामा मानवअधिकारको अबस्थामा सुधार आउन नसकेको प्रतिबेदन सार्वजनिक गरेको हो ।
यस्तै वितेको एक वर्षमा जिल्लाभरमा भएका विभिन्न अपराधिक कार्य सँगै मानव अधिकार हनन्का घटनालाई सार्वजनिक गर्दै इन्सेकले सबैभन्दा धेरै बालात्कारजन्य घटना भएको जनाएको छ ।
इन्सेकका प्रतिनिधी जेएन सागरका अनुसार वितेको एक बर्षमा कूल २ सय २२ वटा घटना भएको र त्यसमा २ सय ४ जना महिला पिडित भएका छन् । अर्को तर्फ ३ बर्ष देखी १४ बर्ष सम्मका ६० जना बालिकाहरु यौनहिंसामा परेका छन् । ति बालिकाहरु घर परिवार, आफन्त, छिमेकी र चिनेजानेकै बाट यौनहिंसामा परेको इन्सेकको भनाई छ । प्रतिबेदनमा ६९ वटा बलात्कार, २५ वटा बलात्कार प्रयास, ३ वटा यौन दुव्र्यबहार, ५ वटा गैरकानुनी हिरासत, ९० वटा घरेलु हिंसा, ४ वटा बन्दहडताल, ६ वटा दुुव्र्यबहार, २ वटा धम्की, बहुुविबाह, बोक्सी आरोप र मानव बेचविखनका एक एकवटा घटना अभिलेखिकरण भएको छ ।
त्यस्तै गत वर्ष ८९ बलात्कार घटनामा ९२ जना महिला पिडित भएका थिए भने ५१ जना बालिका रहेका थिए । मानव अधिकार सञ्जालका सदस्य चन्द्रराज पन्तको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका प्रतिनिधीहरुले नागरिक अधिकार प्रति सबै सजक र सचेत हुनुुपर्नेमा जोड दिएका छन् ।