बाँके । सुदूरपश्चिम धनगढीमा बैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको उक्त वायुयान संग्रहालय नेपालगन्ज सारिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा राखिएको एयर क्राप्ट म्युजियमका सामानमा बालबालिका रमाउँदै छन् ।
त्यस्तै वायुयान संग्रहालय क्याप्टेन बेद उप्रेतीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ९ वर्षअघि धनगढीमा स्थापना गरेका थिए । ‘अब नेपालगन्ज –१२ को बेलासपुरमा उक्त वायुयान संग्रहालय राखिंदै छ । ‘माघको पहिलो साता उद्घाटन गर्ने गरि सञ्चालन तयारीमा रहेको चिल्ड्रेन पार्कमा म्युजियम राखिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा ध्यक्ष बुद्धि सागर सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘१० वर्षका लागि सम्झौता गरेर चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउन म्युजियम राखिएको बताए ।’
यस्तै धनगढीमा म्युजियम राखिएको जग्गाको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्नका लागि जग्गा नपाएपछि म्युजियमलाई नेपालगन्ज ल्याइएको क्याप्टेन उप्रेतीलाई उद्धृत गर्दै वडा ध्यक्ष सुवेदीको भनाइ छ । ‘धनगढीमा राम्रोको–अपरेट भएनछ, हामीले आफन्तमार्फत थाहा पाएपछि नेपालगन्जका लागि राम्रो हुने ठानेर पहल लिएका हौं,’ वडा ध्यक्ष सुवेदीले भने,‘मासिक न्यूतत्तम भाडामा १० वर्षका लागि सम्झौता गरिएको छ ।’
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा राखिएको एयर क्राप्ट म्युजियमका सामानमा रमाउँदै बालबालिका
झन्डै डेढ करोड रुपैयाँ लगानीमा ९ वर्षअघि स्थापना गरिएको वायुयान संग्रहालयका लागि काम भइरहेको छ । त्यसका लागि त्यतिबेलानै ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई म्युजियम बनाइएको थियो । उक्त विमानका सामान नेपालगन्ज ल्याइसकिएको छ । वायुयान संग्रहालयमा विमान अविष्कारक राइट दाजुभाइले तत्कालीन समयमा निर्माण गरेका विमान तथा आधुनिक समयमा निर्मित पाइलटरहित अत्याधुनिक विमानका ड्रोन मोडेलहरू राखिनेछन् ।
वायुयान संग्रहालयका लागि विमानका सामानहरु ल्याइएपछि हेर्नेहरुको लर्काे बेलासपुरमा देखिन्थ्यो । खासगरि बालबालिकाको संख्यानै निर्माणाधिन चिल्ड्रेन पार्कमा बढिरहेको देखिन्छ । नेपालगन्जका नगर प्रमुख डा. धवल शम्शेर राणाको सहमतिमा वायुयान संग्रहालयका लागि करिब ७ कठ्ठा जग्गा प्रयोग गर्न दिइएको हो ।