दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको नेपाल रास्ट्रिय माध्यमिक विद्यालयको अभिभावक भेला बुधबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर केसीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास बि.कको प्रमुख आतिथ्यता एवं राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीको विशिष्ट अतिथिमा सम्पन्न भएको उक्त भेला कार्यक्रमको प्रमुख अतिथि बि.कले राप्ती गाउँपालिकामा ४६ वटा सरकारी विद्यालयहरु रहेकोे र सबै विद्यालयलाई मिलाएर लैजानु पर्ने बताउनु भयो । त्यस्तै हाल सिमित स्रोतहरु रहेको र असिमित आवश्यकताहरु रहेको हुँदा जे पनि एकै चोटि परिबर्तन गर्न नसकिने र विस्तारै हुने शिक्षा प्रमुखले भन्नू भयो ।
यसैगरी सो भेला कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षा एउटा सुनौलो ज्ञान् भएको हुँदा शिक्षा क्षेत्रलाई सम्पूर्ण निकायले व्यवस्थित गरेर लैजानुपर्नेमा प्रमुख जोड दिनु भएको थियो । त्यस्तै सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर केसिको कार्यकालमा सम्बन्धित निकायबाट धेरै बजेटहरु ल्याएर विद्यलय व्यवस्थापनमा राम्रो कार्य गर्न सकेको सो भेला कार्यक्रममा बोल्ने सबै बक्ताहरुको भनाई रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक लोकेन्द्र केसीको स्वागत मन्तव्यबाट संचालन भएको सो भेलाले ९ सदस्य नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसहमत चयन गरिएको छ । जस्मा १ महिला र १ पुरुष मनोनित चयन गरिने छ भने वडा अध्यक्ष,पअ र शिक्षक प्रतिनिधिहरुसमेत सदस्य हुने गरि सो समिति चयन गएको हो । यस्तै बुधबार चयन गरिएको नयाँ पदाधिकारिहरु गेम बहादुर खडका,तेज बहादुर पुन मगर,जुना बस्नेत र सीता राना मगर रहेका छन् । त्यसैगरी नयाँ समितिका पदाधिकारी जेष्ठ नागरिक गेम बहादुर खड्काको पहिलो बैठकको अध्यक्षताबाटै नयाँ अध्यक्ष छनोट गरिने गरि भेला सम्पन्न भएको छ ।
२०२४ सालमा स्थापना भएको नेपाल रास्ट्रिय माध्यमिक विद्यालय हाल कक्षा १ देखि कक्षा १२ सम्म संचालन रहेकोे उक्त विद्यालयमा ६०० जना विद्यार्थी रहेका छन् । भेलामा बुद्धिजीवी,समाजसेबी र अभिबाभकहरुको उपस्थित रहेको थियो । उक्त भेलामा विद्यालयका प्रअ लोकेन्द्र बहादुर केसीले विद्यालयको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक मोहोन पौडेलले गर्नु भएको थियो ।