टेकबहादुर पुन बुधबार, मंसिर २९, २०७८

दाङ । लमही नगरपालिका वडा नम्बर ७ मा बिकाश निर्माणलाई ध्यानमा राखी योजना सञ्चालन सम्बन्धी अभिमुखीकरण गरिएको छ ।

बिकाश निर्माणलाई सहज तरिकाले छिटो छरितो सम्पन्न गर्न गराउन लमही नगरपालिका योजना शाखाले अभिमुखीकरणको आयोजना गरेको हो । प्रशिक्षण तथा अभिमुखीकरणले योजना सँचालन गर्नमा थप सहयोग हुने बिश्वास गरिएको छ । नगरपालिकाले योजना सम्झौता तथा भुक्तानीका लागि आबस्यक कागजातको बिबरण सहितको योजना पुस्तिका समेत सार्बजनिक गरेको छ । पहिले सम्झौता र भुक्तानीका लागि भिन्दाभिन्दै फाईल पेश गर्नु पर्थ्यो भने अब सम्पुर्ण काम योजना पुस्तिका बाट नै हुनेछ ।

अब टोल बिकाश सँस्था तथा उपभोक्ताले योजना सञ्चालन तथा भुक्तानीमा खेप्दै आईरहेको समस्या हट्ने बिश्वास गरिएको छ । यो भन्दा पहिले योजना सञ्चालन सम्बन्धी निकै नै झन्झटिलो तथा खर्चिलो भएको भन्दै चौतर्फी आलोचना भएको थियो । लमही नगरपालिका योजना शाखाले आफ्नो नगरको ७ वटा वडामा अभिमुखीकरण गरिसकेको छ । बाँकि २ वडामा पनि तत्कालै अभिमुखिकरण गरिने योजना शाखा प्रमुख तेजा गैरेले जानकारी दिईन ।

लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुल बहादुर बुढा मगरको अध्यक्षता तथा लमही नगर प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्य एबम नगर उपप्रमुख देवका बेलबासेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा लमही नगरपालिका योजना शाखा प्रमुख तेजा गैरेले प्रशिक्षण दिएकी थिईन भने कार्यक्रमको सहजिकरण योजना शाखाकि कोपिला चौधरीले गरेकि थिईन । कार्यक्रममा ७ नम्बर वडामा रहेका टोलबिकाश सँस्थाका पदाधिकारी हरुको उपस्थिती थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]