Sidha Patra मंगलबार, मंसिर २८, २०७८

दाङ । तुलसीपुर चेम्वर अफ कमर्शले मेला महोत्सव लगाउन लागेको भन्दै तुलसीपुरका व्यवसायीले बजार बन्द गराएका छन् । कोरोना भाईरसका कारण झण्डै २ बर्षदेखि थिलो थिलो भएको व्यवसाय माथि उठन नसकि रहेको अबस्थामा पुन मेला महोत्सव सञ्चालनले कम्जोर हुने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

त्यस्तै सडक प्रदर्शनमा उत्रिएका फेन्सी,जुत्ता, कस्मेटिक लगायतले तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग बाणिज्य संघमा समेत ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएपछि आन्दोलीत भएका हुन् । तुलसीपुर चेम्वर अफ कमर्शले आगामी पुस १ गतेदेखि १२ गते सम्म तुलसीपुरमा सञ्चालन गरेको मेलाबाट आर्थिक संकलन गरि भवन निर्माण गर्ने उदेश्य राखेको बताउदै मेलालाई सहयोग गर्न अनुरोध गरेको छ ।

यस्तै मेलामा फेन्सीका सामान नराखे भवन निर्माणका लागि आबश्यक ७ लाख बढी रकम सहयोग गर्ने फेन्सी व्यवसायहरुले बताउदै आएका छन् ।तर उक्त प्रस्तावलाई ठाडै अस्वीकार गर्दै मेला लगाउने दुढताका साथ चेम्वर अगाडी बढेको उनिहरुको आरोप छ । मेला लगाउने समय उपयुक्त नभएको फेन्सी व्यवसायीहरुको भनाई छ । जाडो मौसमको न्यानो कपडा पसलबाट कम बिक्रि हुने र मेलामा बढि आकर्षित हुने फेन्सी व्यवसायीहरुको तर्क छ । व्यावसायीद्वारा तुलसीपुर बजारमा बिरोध र्‍याली समेत निकालिएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]