
Mbdvs
Rbs
Sds
Pbu
Gmk
Gisld
mbd
Ksm
Anm

Bbbpu
Asm
nsb
Pvg
Sls
Rgu
Ksm
Rsb
Vor
Gst
Bbu
Sbs
Rgu
Rgs
Wsp
Tsm
Ssm
Hal
Ggd

Ptm
Rmb
Pls
Gsb
Mks
Rpp
Syp
sab
Abd
Jmb
Jmb
Bml
bbt
प्युठान । प्यूठानको गौमुखी गाउँपालिकामा रहेका सबै सामुदायिक एवम् संस्थागत विद्यालयको प्राबी तहमा आजदेखि स्थानीय पाठ्यक्रम ’हाम्रो गौमुखी’ पठनपाठन सुरु भएको छ ।
गौमुखी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा पालिका स्तरीय पाठ्यक्रम निर्माण गरी शैक्षिक सत्र २०७८ देखि नै लागु गर्ने भनिए अनुसार पाठ्यक्रम तयार पारिएको गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पन्थले जानकारी दिनुभयो ।
पाठ्यक्रममा स्थानीय भूगोल र इतिहास, सामाजिक, राजनीतिक र शैक्षिक अवस्था, स्थानीय सरकार, आर्थिक क्रियाकलाप, स्थानीय सिप, प्रविधि र रोजगारी, स्थानीय प्राकृतिक स्रोत र साधन, स्थानीय जीवन पद्धति, स्थानीय विकासका पूर्वाधारहरू, विपद् व्यवस्थापन र सुरक्षा गरी १० ओटा क्षेत्र समावेश गरी विस्तृतीकरण गरिएको पाठ्यक्रम मस्यौदा लेखन समितिका संयोजक टुक बहादुर केसीले जानकारी दिनुभएको छ ।
